प्रधानमन्त्रीलाई पदच्युत गर्न भारतीय सञ्चारमाध्यमले निकाले स्वीस बैंक फन्डा



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गराउनका निम्ति भारतीय अधिकारी र त्यहाँका मिडियाको सक्रियता अझ बढेको छ ।

भारतीय अधिकारीले गोप्य रुपमा राजनीतिक तहको लविङ जारी राखेका छन् भने आफ्नै देशमा आलोचित भएका त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी पक्षधर समाचार च्यानलहरू स–साना विषयमा प्रधानमन्त्री ओलीविरुद्धको प्रचारमा अभ्यस्त भएका छन् ।

अहिले भारतीय मिडियाले प्रधानमन्त्री ओलीको स्वीस बैंकमा ५.५ मिलियन अमेरिकी डलर बराबरको सम्पत्ति रहेको प्रचारलाई तिव्रता दिएका छन् भने भानु जयन्तीका अवसरमा अयोध्याका विषयमा ओलीको बयानलाई पनि आलोचनाको कटुतामा व्याख्या गर्न थालेका छन् ।

नेपालका कतिपय जानकारहरूले मोदी पक्षधरता देखाउने ‘गोदी मिडिया’ले ओलीविरुद्ध कपोकल्पित प्रहार गरिरहेको बताएका छन् । प्रधानमन्त्री ओलीको स्वीस बैंकमा सम्पत्ति रहेको भन्ने भारतीय प्रचारबाजी झूठो र राजनीतिक उद्देश्यले प्रेरित रहेको बताइएको छ ।

ग्लोबल वाच एनालाइसीसको हवाला दिँदै आएका ति समाचारमा कुनै सत्यता नरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । प्रेस सल्लाहकारमार्फत जारी भएको सन्देशमा ति समाचारमा कुनै सत्यता नरहेको र भ्रम फैलाउने प्रयत्न भएको दाबी गरिएको छ ।

नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्शा जारी गरेपछि राजनीतिक तहमा नै भारतसँगको सम्बन्धमा चिसोपन आएको छ । योसँगै प्रधानमन्त्री ओलीले नेपालको संसदमा ‘भारत सत्यमेव जयते कि सिंहमेव जयते’ भनी दिएको अभिव्यक्तिपछि सम्बन्धमा दरार सुरु भएको थियो ।

यतिमात्र हैन आफ्नो सरकार ढाल्नका लागि भारत सक्रिय रहेको भनी ओलीले बताएपछि त्यहाँका मिडियाले झनै तिव्रताका साथ चीनसँग जोडी प्रधानमन्त्रीको हुर्मत लिनेगरी रिपोर्ट बनाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...