ओली–प्रचण्डबीच नयाँ लिखित सहमति



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता कायम राख्न नयाँ ‘जेन्टलम्यान एग्रीमेन्ट’ हुने भएको छ ।

मंगलबार ओली–प्रचण्ड वार्तापछि नयाँ लिखित सहमति हुनेछ । उक्त सहमति नेकपाका अन्य नेताबीच लैजाने नलैजाने भन्ने विषयबारे निक्र्यौल भइनसकेको उच्च स्रोतले दाबी गरेको छ ।

नयाँ सहमतिमा उल्लेख हुने विषयहरूका बारेमा सांकेतिक सूचना बाहिरिए पनि स्वतन्त्र पुष्टिचाहिँ गरिएको छैन । यसको खाका शुक्रबारै तयार भइसकेको थियो ।

पार्टी नेतृत्व र प्रधानमन्त्री पदबाट ओलीको राजीनामा माग भएपछि चर्किएको नेकपा विवादले पार्टी बिभाजनसम्मको मोड लिएको थियो । तर ओली–प्रचण्ड दुवै खेमाका दोस्रो तहका नेताको समझदारीका आधारमा नै नयाँ सहमति भएको दाबी गरिन्छ ।

ओली पार्टी अध्यक्षको भूमिका रहे पनि सरकार सञ्चालनमा मात्र सक्रिय रहने तथा प्रचण्डले पार्टीका बैठकदेखि कार्यक्रम चलाउने ‘जेन्टलमेन एग्रीमेन्ट’पछि स्थायी समितिको बैठकमा एउटा प्रस्ताव लैजाने तयारी भएको छ । त्यो प्रस्ताव भनेको समयमा महाधिवेशन गर्ने र एकताका बेला भएको सहमतिअनुसार चल्ने तथा पार्टीका गतिविधिमा सरकार प्रमुखको दायित्व ‘प्यासिभ’ रहने विषयबस्तुमा आधारित हुनेछ ।

दुवैपक्षको अडान र समझदारीकाबीच यस्तो सहमति भएको संकेत नेकपाका अन्य नेताले दिएको बयानबाजीले पनि संकेत गरेको छ । ओलीनिकट रहेका उपप्रधान तथा रक्षामन्त्री, सचिवालय सदस्य ईश्वर पोखरेलले एकता हुँदाको सहमतिका आधारमा नै अघि बढिने बताइसकेका छन् । यस्तै, प्रचण्ड निकट मानिएका हरिबोल गजुरेलले ४ मंसिरमा भएको सहमतिअनुसार ओली प्रधानमन्त्रीमा सक्रिय र प्रचण्ड कार्यकारी भूमिकामा नै अगाडि जाने बताइसकेका छन् ।

‘दुई अध्यक्षको भेटपछि यहि विषयले व्यवाहारिक कार्यान्वयनको अन्तिम खाका बनाउनेछ, स्थायी समितिमा सदस्यलाई आश्वस्त पार्नका लागि प्रस्ताव गरी बैठक अन्त्य समेत हुनेछ’, उच्च स्रोतले भन्यो ।

स्रोतका अनुसार २ साउनमा बस्ने भनिएको स्थायी समितिको बैठकमा प्रस्तावले सहमति पाएपछि तत्कालका लागि नेकपाको विवाद समाधान भएको घोषणा समेत हुनेछ ।

सहमतिका लागि अगाडि बढेको र अहिले कोही कता कोही कता भन्ने मनस्थितिमा नरहनका लागि प्रचण्डले चितवनमा कार्यकर्तालाई गरेको आग्रहले पनि यसको संकेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...