ओलीलाई छाडा छोड्नु अब खतरनाक, उपचार खोजौं : डा. बाबुराम भट्टराई



हाम्रो इकोनोमि

 

पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब छाडा छोड्नु देशका लागि खतरनाक हुने बताएका छन् ।

डा. भट्टराईले मंगलबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले सोमबार भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एक प्रसिद्ध हिन्दू धर्मग्रन्थ रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको दाबी गर्दै राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्तिप्रति ओलीले आलोचना गरेका छन् ।

डा. भट्टराईले प्रधानमन्त्री ओलीको वचन र कर्मले सीमा नाघेको भन्दै अति गरे खति हुने भएकाले समयमै उपचार खोज्नु पर्ने बताएका छन् ।

ट्वीटरमा डा. भट्टराईले लेखेका छन्, ‘संसदमा ‘सिंहमेव जयते’ र बेसार–पुराणदेखि अयोध्या–पुराणसम्म आउँदा उहाँको चिन्तन प्रणाली स्वस्थ देखिन्न ।’

डा. भट्टराईले संसद स्थगत गरेर अध्यादेश र संकटकालको खड्ग समेत ओलीले आफ्नो हातमा लिएको भन्दै त्यसको विरोध जनाएका छन् । उनले अब ओलीलाई छाडा छोड्न नहुने भन्दै उपचार खोज्नुपर्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...