नेपाल निगमको नाफा १० अर्ब ८६ करोड



हाम्रो इकोनोमि

 

नेपाल आयल निगमले चालु आर्थिक वर्ष १० अर्ब ८६ करोड रुपैयाँ खुद नाफा गरेको छ। यो नाफा गत वर्षको तुलनामा दुई अर्बभन्दा धेरै हो। गत वर्ष ८ अर्ब ७५ करोड मात्रै नाफा गरेको थियो।

आव २०७२/७३ मा १९ अर्ब ३६ करोड नाफा गरेको निगमको त्यसपछि तीन आर्थिक वर्षमा नाफा घटेको छ। आव २०७३/७४ मा ९ अर्ब ४५ करोड, आव २०७४/७५ मा तीन अर्ब ५८ करोड र आव २०७५/७६ मा ८ अर्ब ७५ करोड नाफा गरेको थियो।

निगमले पछिल्लो ५ वर्षमा २ खर्ब ५७ अर्ब ७६ करोड रुपैयाँ राजस्व तिरेको छ।

निगमले आइतबार पत्रकार सम्मेलन गरी २०७६/७७ मा ६५ अर्ब रुपैयाँ, आव २०७५/७६ मा ६५ अर्ब ९३ करोड, आव २०७४/७५ मा ५५ अर्ब १ करोड, आव २०७३/७४मा ४७ अर्ब ७ करोड र आव २०७२/७३ मा २३ अर्ब ५४ करोड राजस्व बुझाएको जानकारी दिएको छ। निगमले भन्सार शुल्क, सडक मर्मत शुल्क, वातावरण खर्च, मूल्य अभिवृद्धि कर, पूर्वाधार विकास कर, आयकर र राजस्व शीर्षकमा सरकारले कर तिर्दै आएको छ।

निगमले चालु वर्षमा २ खर्ब ४० अर्ब रुपैयाँको कारोबार गरेको छ। चालु आर्थिक वर्ष अन्य शीर्षकको तुलनामा मूल्य अभिवृद्धि कर बढी बुझाएको छ। २५ अर्ब ५२ करोड मूल्य अभिवृद्धि कर तिर्दा गत वर्ष निगमले २९ अर्ब ३१ करोड राजस्व बुझाएको थियो। निगमले यस वर्ष कोरोना भाइरस (कोभिड १९) का कारण व्यवसायमा कमी आएको जनाएको छ।

निगमले यस वर्ष भन्सार शुल्क १५ अर्ब १३ करोड बुझाएको छ। निगमले पूर्वाधार विकास शीर्षकमा १३ अर्ब ५२ करोड रुपैयाँ कर बुझाएको छ। यो शीर्षकमा निगमले प्रतिलिटर उठाइरहेको ५ रुपैयाँलाई बढाएर १० रुपैयाँ बनाएको छ। यसैगरी सडक मर्मत शीर्षकमा ५ अर्ब २ करोड राजस्व बुझाएको छ। वातावरण शीर्षकमा ३ अर्ब १ करोड राजस्व बुझाएको छ। यो वर्ष आयकर ३ अर्ब ८५ करोड बुझाएको छ।

निगमका कार्यकारी प्रमुख सुरेन्द्रराज पौडेलले गत वर्षको तुलनामा ४ प्रतिशत कारोबार घटेको बताए। पछिल्लो समयमा एलपी ग्यासबाट निगमलाई नाफा भइरहेको उनले बताए। २०७६/७७ मा निगमले ५ पटक पेट्रोलियम पदार्थको मूल्य घटाउने र बढाउने गरेको थियो। निगमले कार्यविधि बनाएर मूल्य समायोजन गर्नुपर्ने भए पनि उपभोक्ताको हितलाई ध्यान दिँदै निर्णय गरेको बताए।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...