विधि, प्रक्रियाबाट अध्यक्ष र प्रधानमन्त्री बनेको व्यक्तिले राजीनामा दिँदैनः ईश्वर पोखरेल



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले विधि र प्रक्रियाबाट आएको प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा सोमबार कुरा गर्दै पोखरेलले प्रधानमन्त्री ओलीले कुनै पनि पदबाट राजीनामा नदिने बताए । उनले भने, ‘ओलीज्यूले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनु हुँदैन ।’

ओलीले राजीनामा दिँदा देश र पार्टीको हित नगर्ने उनले बताएका छन् । पोखरेलले लहडका भरमा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्नु उचित नभएको बताए ।

‘कुनैपनि चिज लहरमा हुँदैन’, पोखरेलले भने, ‘ओलीज्यू विधि र प्रक्रियाबाट अध्यक्ष र प्रधानमन्त्री भएको मान्छे हो ।’

‘निर्वाचित हो । यो प्रक्रिया भुलेर हट भनेर देश र पार्टीको हित गर्दैन’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘सबै दललाई एकताबद्ध गरेर ओलीज्यूले नै नेपालको नयाँ नक्सा जारी गर्नुभएको छ । यस्तो अवस्थामा पार्टीभित्रैबाट राजीनामा माग्नु उचित होइन ।’

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...