पार्टीमा कोही दलाल, कोही महान राष्ट्रवादी छैन : प्रचण्ड



हाम्रो इकोनोमि

 

प्रचण्डले पार्टीमा कसैलाई दलाल र कसैलाई महान राष्ट्रवादी भन्दै जिन्दावाद र मूर्दावादको नारा नलगाउन कार्यकर्तालाई आग्रह गरे । करिब २७ मिनेट भाषण गरेका अध्यक्ष प्रचण्डले भने, ‘यो पार्टीलाई एकतावद्ध राख्नु नै छ । यहाँ कोही राष्ट्रघाती दलाल, कोही महान राष्ट्रवादी भन्ने होइन । हामी सबै मिलेरै नाकाबन्दीको सामना गरेको हो । हामी सबै मिलेरै नक्सा बनाएको हो । के राष्ट्रवाद जिन्दावाद र मूर्दावादको कुरा हो ? पार्टीभित्र जिन्दावाद र मूर्दावाद भन्ने कुरा हो त ?’

अध्यक्ष प्रचण्डले पार्टी फुट्ने र कार्यकर्ताहरु यता उता दौडनुपर्ने अवस्था नआउने बताए । र, यसका लागि नेतृत्वलाई खबरदारी गर्नसमेत उनले चितवनवासीलाई आग्रह गरे । ‘मेरो तपाईं सबै कमरेडहरुलाई विनम्रतापूर्व आग्रह छ, म फेरि दोहोर्‍याउँछु, यो पार्टीलाई विभाजन हुन दिइने छैन । पार्टी एकतावद्ध हुन्छ, तपाईहरुले अहिले यता र उता दौडिनुपर्ने परिस्थिति नआओस् भनेर म तपाईहरुलाई अपील गर्न चाहन्छु’ उनले भने, ‘सबैले जिन्दावादको नारा लगाऔं, यही नै यो राष्ट्रको हितमा छ । पार्टी र देशको हितमा छ ।

प्रचण्डले अगाडि भने, ‘अस्ति मेरै नेतृत्व चलेको बैठकमा पहिलो एजेण्डा सीमा सुरक्षा र समाधान थियो । त्यहाँ मैले बोल्दा होस् या अरु सबैले बोल्दा, सरकारलाई धन्यवाद दिइएको छ । केपी ओलीलाई धन्यवाद दिइएको छ, पार्टीको निर्णयले मात्रै पुग्दैनथ्यो, प्रधानमन्त्रीको हैसियतले अन्त्यमा तपाईले औपचारिकता दिनुभयो, धन्यवाद भनियो ।’

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...