अझै तीन दिन भारी बर्षा, कहाँ–कहाँ छ बाढी, पहिरो र डुबानको बढी जोखिम ?



हाम्रो इकोनोमि

 

देशभर मनसुन थप सक्रिय बन्दै गइरहेको छ । केहि दिनदेखि विभिन्न जिल्लाका जनधनको ठूलो क्षति गराइरहेको बर्षाको वितण्डा अझै केहि दिन जारी रहने मौसमविदले जनाएका छन् ।

अझै तीन दिनसम्म देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज (आइतबार) देशभर सामान्यदेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश–१, प्रदेश–२ र वाग्मती प्रदेशका थोरै ठाउँमा र  गण्डकी प्रदेशको एक–दुई ठाउँमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातार पानी परेपछि इलाम, झापा, मोरङ, गोरखा, धादिङ, कास्की, स्याङजा, बागलुङ सिन्धुपाल्चोक र आसपासका साना खोलामा पानीको बहाव उच्च रहेको छ ।

कोशी र कन्काइमा पानीको सतह खतराको तहमा पुगेको छ भने कर्णालीमा पनि खतराको तह पार गर्ने अवस्था रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज दिउँसो र राति पनि प्रदेश–१, प्रदेश–२ र वाग्मती प्रदेशका थोरै ठाउँ र गण्डकी, प्रदेश–५ का एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार दक्षिणी क्षेत्रतर्फ नेपाल नजिकै रहेको मनसुनको न्यून चापीय रेखा केही तल सर्ने र वर्षाको मात्रा थोरै कम हुने सम्भवना देखिएको छ ।

‘तर केही कम मात्र हुने हो,’ उनले भने, ‘वर्षा त अझै तीन दिन भइरहने देखिन्छ ।’ न्यून चापीय रेखा भोलि (सोमबार) केही तल सरे पनि पुनः माथि आउने सम्भावना पनि रहने उनले बताए ।

उनले भने, ‘यो रेखा तलमाथि सरिरहन्छ, त्यही भएर भोलि तल सरेपछि तलको तलै जाने हुँदैन, फेरि माथि (नेपाल नजिक) आउन पनि सक्छ र वर्षा पुनः बढ्न सक्छ ।’

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज दिउँसो देका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।

मनसुनका बेला ५० मिलिमिटर भन्दा माथिको वर्षालाई भारी मानिन्छ । बितेको २० घण्टामा उपत्यकामा ९.३ मिलिमिटर वर्षा भएको छ । मौसमविद् प्रधानाङ्गका अनुसार बितेको २४ घण्टामा प्रदेश–१, २, गण्डकी तथा बागमती प्रदेशका पनि एक–दुई स्थानमा भारी वर्षा भएको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

असार २८ गते आइतबार

दिउँसो – देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा र गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति– देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा साथै गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

असार २८ गते सोमबार

दिउँसो– देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

राति– देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१ तथा प्रदेश–२ थोरै स्थानमा र बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

असार २९ गते मंगलबार

दिउँसो– देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र प्रदेश २ थोरै स्थानमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

राति– देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ तथा प्रदेश २ थोरै स्थानमा र बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थानमा साथै गण्डकी प्रदेश, प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबान समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...