भारतीय मिडियाको अपराधिक चरित्र : राजेन्द्र अर्याल



 

प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताको पक्षमा आफूले चट्टानी अडान लिएकाले भारत र आफ्नै पार्टीका केही नेता आफूलाई सरकारबाट हटाउन लागिपरेको पटक पटक सार्वजनिक रुपमा भन्दै आइरहनुभएको छ । प्रधानमन्त्री ओलीले भने जसरी नै पछिल्ला दिनमा केही भारतीय संचारमाध्यम ओलीविरुद्ध बिषबमन गर्दै उत्रेका छन् । पछिल्ला दिनमा लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेदेखि नै भारतीय मिडिया प्रधानमन्त्री ओलीविरुद्ध उत्रदै आएका छन् ।

भारतले नेपालविरुद्ध नाकाबन्दी लगाएका बेला ओली पहिलो पटक प्रधानमन्त्री बनेपछि उहाँले जुन ढङ्गले राष्ट्रियताका पक्षमा अडान लिनुभयो त्यसपछि भारतीय मिडियाले उहाँका विरुद्ध प्रहार सुरु गरेका हुन् । पछिल्लोपटक नेपालको नयाँ नक्सा जारी गरेपछि ओली विरुद्ध भारतीय संचारमाध्यम अनर्गल र स्तरहीन रुपमा प्रस्तुत भइरहेका छन् । अहिले हेर्दा हाम्रा प्रधानमन्त्रीमाथि प्रहार गरेजस्तो देखिए पनि अन्तर्य चाहिँ नेपाल र नेपालीको राष्ट्रिय स्वाभिमानमाथिको आक्रमण हो यो । यो मात्रै होइन भारतीय सञ्चारमाध्यमले शृंखलाबद्ध रुपमा नेपालको बेइज्जत र अपमान गर्दै आएका छन् ।

नेपालले नक्सा जारी गरेपछि भारतीय मिडियाले प्रधानमन्त्री ओलीको चरित्रहत्या गर्नेगरी निरन्तर अभियान नै चलाएका छन् । कहिले चीनले उचाल्यो भनेर त कहिले नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीसँग जोडेर त कहिले के जोडेर प्रोपोगन्डा चलाइरहेका छन् । जुन शैली आपत्तिजनक र निन्दनीय त छँदैछ, यो ब्यक्तिको अस्मितामाथिको प्रहार पनि हो । यसले नेपाल र भारतबीचको सम्बन्ध मा दरार ल्याउने काम गरेको छ भने दुई देशका जनताबीचमा पनि दुस्मनी गरेको छ । यो कार्य गम्भीर अपराध हो । ओलीमाथि बिषबमन गरिरहेका भारतीय सञ्चारमाध्यम अहिले नेपालविरुद्ध अनेक प्रोपोगन्डा चलाउँदै एककोहोरो प्रलाप गरिरहेका छन् ।

पत्रकारिताको विश्वब्यापी मान्यता र धर्म विपरीत प्रधानमन्त्री ओली र सिङ्गो नेपालमाथि घृणित आरोप कुनै पनि स्वाभिमानी नेपालीका लागि स्वीकार्य छैन । यसर्थ भारतीय सञ्चारमाध्यमको यस्तो घृणित, घिनलाग्दो, गैरजिम्मेवार र आपत्तिजनक कार्यको विरुद्ध सबै नेपाली एकजुट भएर प्रतिवाद गर्न जरुरी छ । एकातिर भरतीय मिडिया द पायोनियरले भारतको संस्थापनले नरुचाएको भनिएका हाम्रा प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गर्न अर्थात् ओलीको सत्ताको भविष्य निर्धारण गर्न भारतीय गुप्तचर संस्थाका उच्चस्तरीय अधिकारीहरु काठमाडौमा राजनीतिक भेटघाट ब्यस्त रहेको समाचार सार्वजनिक गर्नु र अरु केही मिडियाले ओली सरकार ढल्दैछ भनेर एकोहोरो ढङ्गले प्रचार गर्नुलाई केवल संयोगमात्र मान्न सकिदैन । त्यससँगै ओलीको चरित्रहत्या गर्ने तहमा उत्रनु निकै गम्भीर र सोचनीय बिषय हो ।

नेपाल र नेपालीको राष्ट्रिय स्वाभिमानमाथि यो हर्कत गर्ने यस्ता भारतीय च्यानल नेपालीले पैसा तिरीतिरी किन हेर्ने ? अहम् प्रश्न उठेको छ । त्यस्ता च्यानलमाथि प्रतिबन्ध लगाउनुपर्छ भन्ने नागरिक आवाज पनि उठेको छ । यस बिषयमा नेपालमा रहेका ती मिडियाका प्रतिनिधिलाई बोलाएर सोध्नुपर्छ ।

त्यसैगरी परराष्ट्र र सञ्चार मन्त्रालय, भारतस्थित नेपाली दूतावासले यस बिषयमा परिणाममुखी पहलकदमी लिन ढिलाइ गर्नुहुन्न । त्यसैगरी नेपालस्थित भारतीय राजदूतलाई बोलाएर भन्नुपर्यो, किनकि संसारकै सबैभन्दा ठूलो लोकतान्त्रिक देश भएको दाबी गर्ने भारतको यो पीतपत्रकारिताले दुई देशको सम्बन्धलाई कता लैजाँदैछ ? भारतको यो बिकृत पत्रकारितालाई त्यहाँको सत्ताले नै संरक्षण गरिरहेको छ कि भन्ने आशंका पनि नेपालीले गरेका छन् । त्यहाँको सत्ताको चरित्र मिडियामार्फत् प्रतिबिम्बित र प्रतिध्वनित त भएको होइन भन्ने बिषय पनि उठ्न थालेको छ । यस्तो परिस्थितिमा यसरी फेक न्यूज उत्पादन गरी प्रसारण गर्ने भारतीय मिडियालाई नेपालमा रोक लगाउनुपर्ने माग नागरिक तहबाटै आइरहेको छ ।

यो बेला उत्तेजित हुनेभन्दा पनि केही न केही एक्सनमा जान जरुरी देखिन्छ नत्र भने भारतीय मिडिया नेपालविरुद्ध जे बोले लेखे पनि हुन्छ भनेर भोलि झन् झन् छाडा ढंगले प्रस्तुत हुनेछन् । यस बिषयमा विश्व प्रेस काउन्सिल छ, जस्को नेतृत्वमा प्रेस काउन्सिल नेपाल छ । यसमार्फत् भारतीय प्रेस काउन्सिललाई सोध्न सकिन्छ । जे होस् यो बेला नेपाल र नेपालीको स्वाभिमानमाथि दुषित ढंगले प्रचार र प्रहार गर्ने भारतीय मिडियामाथि सरकारले केही न केही एक्सन नलिए भोलि झन् उनीहरुको मनोबल बढ्ने छ भन्ने कुरा बुझ्दै आवश्यक कदम चाल्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्