शहिद गंगालाल हृदय केन्द्रलाई व्यवस्थि गर्न प्रभु साह माग



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले जनकपुरधाम स्थित शहिद गंगालाल हृदय केन्द्रलाई व्यवस्थित गर्दै सर्वसधारण सेवाग्राहीको सेवामा ध्यान दिन सरकारसंग माग गरेका छन् ।

जनकपुरधाम स्थित हृदय केन्द्रको आवश्यक भवन लगायतका पुर्वाधार, जनशक्तिको कमी, विभिन्न स्वास्थ्य समाग्री तथा उपकरणहरु चरम अभाव रहेका कारण सर्वसधारण सेवाग्राहीले गुणस्तरीय सेवा पाउँनबाट बञ्चित हुदै आएकोमा अध्यक्ष साहले चिन्ता व्यक्त गरेका छन् ।

‘जनकपुरधामको हृदय केन्द्रमा आवश्यक भवन लगायतका पुर्वाधारको अभाव, जनशक्तिको कमी, विभिन्न स्वास्थ्य समाग्री तथा उपकरणहरुको चरम अभाव रहेको छ’ अध्यक्ष साहले भने, ‘सर्वसधारण सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउँनका लागि यि समस्याहरुको समाधान हुनुपर्छ, सरकारले यसमा ध्यान दिन आवश्यक छ ।’

पुर्वमन्त्री तथा सांसद समेत रहेका अध्यक्ष साहले प्रदेश २ का जनतालाई जनकपुरधाम स्थित केन्द्रबाटै गुणस्तरीय सेवा उपलब्ध गराउँन तत्काल सरकारले दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्नेमा ध्यानाकर्षण गराएका छन् । भवन सहितको पुर्वाधारका साथै आवश्यक स्वास्थ्य समाग्री एवं उपकरणको व्यवस्थापका लागि सरकारले ध्यान दिनुपर्ने माग उनले उठाएका छन् ।

काठमाडांैको बाँसबारी स्थित शहिद गंगालाल हृदय केन्द्रको जनकपुरधाममा शाखाको रुपमा स्थापना गरिएको केन्द्रमा दक्ष चिकित्सकको समेत अभाव रहेको छ ।

बाँसबारी स्थित हृदयकेन्द्रबाट पाईने सेवासुविधा प्रदेश २ को जनकपुरधामबाटै पाउँनका लागि कम्तीमा पनि एसजिएनएचसी, दक्ष जनशक्ति, आवश्यक पुर्वाधार एवं स्वास्थ्य समाग्रीको व्यवस्था हुनुपर्ने माग उनले गरेका छन् ।

जनकपुरधाममा दक्ष जनशक्ति, स्वास्थ्य समाग्रीको अभावमा सेवा लिनका लागि काठमाडौं नै पुग्नुपर्ने समस्या रहेको छ । जनकपुरबाटै सेवा पाउँनुपर्ने माग यहाँका सर्वसधारण नागरिकले विगतदेखी गर्दै आएका छन् ।

जनकपुर शाखाका प्रमुख डा. राजेशकुमार साहले इमरजेन्सी सहितको भर्ना वार्डको अभावका साथै आईसीयूमा मुटुरोगका लागि सीसीयू छुटै हुनुपर्ने, वार्डमा छुटै मुटुरोगको लागि बेडका लागि हारगुहार गर्दा समेत कुनै सुनुवाई नभएको बताए ।
अहिले कोरोना भाइरस महामारीको समयमा समेत सर्जिकल मास्क र ग्लोभसको भरमा काम गर्नुपर्ने बाध्यता रहेको उनले दुखेसो पोखेका छन् । आवश्यक भवनका साथै औषधीको समेत अभाव रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...