पार्टीभित्र तत्कालका लागि युद्धविराम गर्नुपर्छ : जनार्दन शर्मा



हाम्रो इकोनोमि

 

नेकपाको विवाद उत्कर्षमा पुगेका बेला स्थायी कमिटीका सदस्य तथा प्रभावशाली नेता जनार्दन शर्माले पार्टीभित्रको विवादलार्ई थाति राखि कोरोना र विपत्मा जुट्नु पर्ने धारणा सार्वजनिक गरेका छन् ।

श्ुक्रवार विहान ट्वीटरमा आफ्नो धारणा राख्दै शर्माले कोरोना र विपत्का बेला पार्टीभित्रको किचलो छोड्नु पर्ने बताएका छन् । ‘आज फेरि अध्यारो पन्छिएर बिहानी झुल्किएको छ । पार्टी भित्रको किचलो अन्धकार संगै भुलिदिउ । अतिवृष्टि र कोरोनाको महामारीको बिपतबाट पार पाउन नयाँ सिराबाट काम थालौ’ सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन् ।

नेकपाभित्र दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच चर्काे मतभेद चलिरहेका बेला शर्माले यस्तो धारणा राखेका हुन् । उनको भनाईबाट नेकपाभित्रको विवाद साम्य हुँदै गएको संकेत गरेका थिए ।

काठमाडौंदेखि देशका बिभिन्न स्थानमा कोरोना समुदायमा फैलिन थालेको छ भने बाढी र पहिरोका कारण जनधनको क्षति हुन थालेको छ । कोरोना र जनधनका बेला पार्टीको विवादलाई अहि थाति राख्नु पर्ने धारणा राखेका छन् । उनले पार्टीभित्र तत्कालका लागि युद्धविराम गर्नुपर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...