पार्टी फुट्न दिन्नौ, आवश्यक परे शीर्ष तहमै हस्तक्षेप हुन्छ : नेकपा दोस्रो तहका नेताहरु



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेकपाभित्रको विवाद विभाजनकै तहमा बल्झिन थालेपछि दोस्रो पुस्ताका प्रभावशाली नेताहरुले हस्तक्षेपकारी भूमिका खेल्ने तयारी गरेका छन् । विवाद मिलाउन दुई अध्यक्ष स्थायी कमिटीको बैठक नै स्थगित गरि सम्वादमा छन् तरपनि सार्थक परिणाम आउन सकेको छैन ।

दुई अध्यक्षबीचको सम्वादले सार्थक परिणाम आउन नसकेपछि दोस्रो पुस्ताका नेताहरु सक्रिय भएका छन् । विहीबार ११ स्थायी कमिटीका सदस्यहरुले सिंहदरवारमा सघन छलफल गरेका छन् । नेकपा प्रभावशाली नेता तथा कृषिमन्त्री घनश्याम भूसालको कार्यकक्षमा ११ स्थायी कमिटीका सदस्यहरुबीच छलफल भएको हो ।

‘पार्टी विभाजन हुन दिन्नौ, विभाजन नै हुने अबस्था आए शीर्ष तहमै हस्तक्षेप गछौ’, छलफलपछि कृषिमन्त्री भूसालले भने ‘आवश्यक परे स्थायी कमिटीको बैठक अझै सर्छ तर निकास निस्किन्छ ।’ ११ स्थायी कमिटीका सदस्यहरुले विभाजनको तहमा पुगे शीर्ष तहमा हस्तक्षेप गर्ने बताएपनि कस्तो हस्तक्षेप गर्ने त्यो भने छलफलकै बिषय रहेको उनले बताए । ‘त्यो दिन आउँदैन तर पार्टी फुटकै तहमा पुगे हस्तक्षेपकारी भूमिका खेल्छौ’, उनले भने ।

दोस्रो पुस्ता नेताहरुले सामाजिक सञ्जालको आरोप प्रत्यारोप र सडक प्रर्दशन रोक्न शीर्ष नेतालाई आग्रह गर्ने भएका छन् । सिंहदरवारको निस्कर्ष कृषिमन्त्री भूसालले अध्यक्षद्धयलाई जानकारी गराउने भएका छन् । पार्टी महासचिवबाट सर्कुलर जारी गरि सामाजिक सञ्जालको आरोप प्रत्यारोप र सडक प्रर्दशन रोक्न माग गरेका छन् ।

छलफलमा  स्थायी समिति सदस्यहरू सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, मणि थापा, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल,  कृषि मन्त्री भुसाल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, ऊर्जा मन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत, पर्यटनमन्त्री योगेश भट्टराई,प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...