उदयपुरका युवा दौलत विक्रम उद्यमीका रुपमा उदाउँदै



हाम्रो इकोनोमि

 

दौलत विक्रम राउत उदयिमान युवा उद्यमी हुन् । बिभिन्न ब्यवसाय गरेर अघि बढिरहेका तिनै दौलत विक्रम अहिले कृषी सहकारी हुँदै मासु र ग्रिल उद्योग सञ्चालन गरिरहेकाछन् । भर्खरैबाट काठमाण्डौको कागेश्वरी मनहरा नगरपालिका ८ स्थित गोठाटारको कृषी उपज बजारमा मासु ब्यवसाय सुरु गरेका दौलत विक्रमले यसै ठाउँमा बिगत देखि नै ग्रिल ब्यवसाय पनि सञ्चालन गर्दै आएका थिए ।

दैनिक १ हजार किलो खसीको मासु उपत्यकामा वितरण गर्ने तयारी गरेकाछन् दौलत विक्रमले । २०४४ साल असोजमा उदयपुरको भुटरमा जन्मिएका दौलत विक्रम २०६४ सालमा काठमाण्डौ भित्रिए । एसएलसी दिएर काठमाण्डौमै स्थापित हुने उदेश्यले आएका थिए उनि । ब्यवसायी बन्ने उनको लक्ष्य थियो । त्यसैले भक्तपुरको लोकन्थलीमा उनले किराना पसल खोले ।

त्यसपछि नयाँबानेश्वरको थापा गाउँमा उनले खाद्यन्न पसल सञ्चालन गरे । त्यसैगरी उनले खाद्यन्न पसल बेचेर मध्ये बानेश्वरमा मदिराको पसल खोले , शान्तिनगरमा मासु पसल खोले । भुकम्पपछि भने उनले कोटेश्वरमा होटल खोले । यतिबेला भने तिनै दौलत विक्रम कृषीमा जम्ने सोँचमा छन् । कागेश्वरी मनोहरा नगरपालिका ९ मा साँढे दुई रोपनी जग्गा लिएर कृषी फर्म खोल्ने तयारीमा छन् ।

उनि अहिले गोठाटारस्थित मनमुरी कृषी सहकारी सँस्था लिमिटेडमा आवद् भएर यसै सहकारीले सञ्चालन गरेको सामूहिक कृषी उपज बजारमा मासुको होलसेल पसल सञ्चालन गरिरहेकाछन् । द उदयपुर मिट मार्ट खोलेका उनले उपत्यकामा दैनिक १ हजार किलो खसीको मासु वितरण गर्ने योजनामा छन् ।

उनको मार्टले प्रत्यक्ष कृषककोमा गएर खसी , कुखुरा , हाँस , कालिज , बटाई र माछा खरिद गरेर थोक मुल्यमा उपत्यकाका भक्तपुर , ललितपुर र काठमाण्डौमा वितरण गर्ने छ । मासुको होम डेलिभरी पनि गरिरहेकाछन् भने ५ जनालाई रोजगार पनि दिईरहेकाछन् । उनको दोमानी ईन्जिनियरिगं ग्रिल एण्ड मेटल वर्कशप पनि सञ्चालनमै छ । उनि भन्छन् , कृषीलाई उद्यमको रुपमा बिकास गर्ने मेरो लक्ष्य हो ।

प्रतिक्रिया दिनुहोस
एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...