चिनियाँ राजदूत यान्छी मध्यरातमा सितल निवास, विहानै प्रचण्ड निवास



हाम्रो इकोनोमि

 

केही दिनअघि नेकपाका दुई वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई भेटेकि चिनियाँ राजदूत होउ यान्छीले विहीवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटर्वार्ता गरेकि छिन् ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला राजदूत यान्छीले सत्तारुढ दलका नेताहरुलाई बेग्लाबेग्लै भेटिरहेकि छिन् । उनको सक्रियतालाई लिएर दिल्लीसम्म चर्चा चुलिएको छ । भारतीय मिडियाले निरन्तर अफवाहमुलक समाचार प्रकाशित गरिहेका छन् । तरपनि यान्छीले आफ्नो भेटघाट रोकेकि छैनन् ।

विहीवार प्रचण्ड निवास खुमलटार पुगेकि यान्छीले नेकपाभित्रको विवादका बिषयमा कुराकानी गरेको स्रोतले बताएको छ । तर के कुरा भयो त्यो भने प्रचण्डको सचिवालयले बाहिर ल्याएको छैन ।

बुधवार राति राष्ट्रपति बिद्यादेवी भण्डारीसँग गोप्य भेटवार्ता गरेकि थिइन । भण्डारीसँगको भेटपछि उनी प्रचण्ड निवास खुमलटार पुगेकि हुन् । नेकपा सचिवालय बैठकमा विवाद भएपछि पनि यान्छी नेताहरुको घरमा पुगेकि थिइन ।

यान्छीको सक्रियतालाई लिएर नेपालभित्रका केही राजनीतिक दलले आपत्ति समेत जनाएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, जनता समाजवादीका नेताहरुले अनेपेक्षित हस्तक्षेत्रपको संज्ञा पनि दिएका छन् ।

तर सत्तारुढ दलका नेताहरुले भने त्यसलाई छिमेकि देशको चासोका रुपमा हेरेका छन् । फुट र विभाजित हुन थालेपछि छिमेकि सहयोग गर्न खोज्नुलाई गलत अर्थमा बुझन नहुने नेकपा नेताहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...