चिनियाँ राजदूत यान्छी मध्यरातमा सितल निवास, विहानै प्रचण्ड निवास



 

केही दिनअघि नेकपाका दुई वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई भेटेकि चिनियाँ राजदूत होउ यान्छीले विहीवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटर्वार्ता गरेकि छिन् ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला राजदूत यान्छीले सत्तारुढ दलका नेताहरुलाई बेग्लाबेग्लै भेटिरहेकि छिन् । उनको सक्रियतालाई लिएर दिल्लीसम्म चर्चा चुलिएको छ । भारतीय मिडियाले निरन्तर अफवाहमुलक समाचार प्रकाशित गरिहेका छन् । तरपनि यान्छीले आफ्नो भेटघाट रोकेकि छैनन् ।

विहीवार प्रचण्ड निवास खुमलटार पुगेकि यान्छीले नेकपाभित्रको विवादका बिषयमा कुराकानी गरेको स्रोतले बताएको छ । तर के कुरा भयो त्यो भने प्रचण्डको सचिवालयले बाहिर ल्याएको छैन ।

बुधवार राति राष्ट्रपति बिद्यादेवी भण्डारीसँग गोप्य भेटवार्ता गरेकि थिइन । भण्डारीसँगको भेटपछि उनी प्रचण्ड निवास खुमलटार पुगेकि हुन् । नेकपा सचिवालय बैठकमा विवाद भएपछि पनि यान्छी नेताहरुको घरमा पुगेकि थिइन ।

यान्छीको सक्रियतालाई लिएर नेपालभित्रका केही राजनीतिक दलले आपत्ति समेत जनाएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, जनता समाजवादीका नेताहरुले अनेपेक्षित हस्तक्षेत्रपको संज्ञा पनि दिएका छन् ।

तर सत्तारुढ दलका नेताहरुले भने त्यसलाई छिमेकि देशको चासोका रुपमा हेरेका छन् । फुट र विभाजित हुन थालेपछि छिमेकि सहयोग गर्न खोज्नुलाई गलत अर्थमा बुझन नहुने नेकपा नेताहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्