मनकारीहरुले गोठाटारमा खोले भब्य कृषी बजार



 

कृषी क्षेत्रमा केही गर्नुपर्छ भनेर सघँर्षरत किसानहरुको एक समूहले काठमाण्डौको कागेश्वरी मनहरा नगरपालिका वडा नं. ८ स्थित गोठाटार नागरिक मार्गमा सामूहिक कृषी बजार सञ्चालनमा ल्याएका छन् । धन नभएका तर मन भएकाहरुलाई सगंठित गर्दै जयकला बस्नेतको सक्रियतामा नागरिक मार्गमा कृषी उपज बजार सञ्चालनमा आएको हो । औपचारिक रुपमा उद्घाटन नभएको सो बजारमा ४ रोपनी ६ आना जग्गा क्षेत्रफलमा बनेको २८ ओटा सटर भाडामा लागिसकेको छ । कृषी उपज बजारमा तरकारी , फलफूल , मासुमाछा , कफि शप , खाद्यन्न , भेटनरी लगायतका थोक तथा खुद्रा पसलहरु सञ्चालनमा आएकाछन् ।

 

जयकला बस्नेत अध्यक्ष रहेको मनमुरी कृषी सहकारी सँस्था लिमिटेडले यो बजार सञ्चालन गरेको हो । अध्यक्ष बस्नेत भन्नुहुन्छ , धेरै सघँर्ष गरेर कृषी उपज बजार सञ्चालनमा ल्याएका छौँ । सहकारीमा ५५० सदस्य छन् । सहकारीका सदस्यलाई मात्रै सटर उपलब्ध गराईएको छ । अध्यक्ष बस्नेतका अनुसार थोरै पुँजी भएकाहरुलाई सहकारीले प्रोत्सहान गर्ने गरेको छ । यतिबेला यो कृषी बजार चर्चामा छ ।

 

सरकारले पनि यो बजारको स्तरीकरण गर्न सहयोग गरेको थियो । कृषी पुर्वाधार बिकास तथा कृषी यान्त्रीकरण प्रबर्धन केन्द्रले २६ लाख २५ हजार अनुदान उपलब्ध गराएको थियो । सहकारीले १ करोड ६७ लाखको लागतमा बजार स्थापना गरेको हो । बजारमा सबै खालका सुविधा उपलब्ध गराउने योजना छ , अध्यक्ष बस्नेतले भन्नुभयो , यसका लागि हामीलाई सबैको सहयोग चाहिएको छ ।

 

यो बजारलाई थोक बजारको रुपमा स्थापित गरेर उपत्यकाभरी कृषी सामाग्रीहरु बितरण गर्ने योजना रहेको अध्यक्ष बस्नेतले बताउनुभयो । कतिपयले कृषी सहकारीले कृषी खेतीमा मात्र लगानी गर्नुपर्नेमा बजार सञ्चालन गरेर गलत गरेको भनेर कुरा काट्ने गरेकोमा अध्यक्ष बस्नेतको चित् दुखाई छ । वहाँ भन्नुहुन्छ , किसानले उत्पादन गरेको तरकारी दलालहरु मार्फत बेच्नुभन्दा आफै बजार खोलेर किन नबेच्ने भनेर सामूहिक बजार खोलेका हौँ , कुरा काट्नेहरुसँग हामीलाई मतलब छैन । यो कृषी बजारलाई अझै बिस्तार गर्ने योजना अध्यक्ष बस्नेतको छ ।

सरकारले अनुदान दिए बजार हातामै चिस्यान केन्द्र खोल्ने योजना सुनाउँदै अध्यक्ष बस्नेत भन्नुहुन्छ , चिस्यान केन्द्रको लागि हामीले जग्गा छुट्याएर राखेका छौँ । कोरोन कहर सकिए लगतै भब्य कृषी महोत्सबको आयोजना गरेर यो बजार उद्घाटन गराउने योजना रहेको अध्यक्ष बस्नेतले सुनाउनुभयो । यसब बजारले १ सय १० जनालाई प्रत्यक्ष रोजगार समेत उपलब्ध गराईसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सिद्धबाबा सुरूङ मार्ग छिचोलियो

    राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक

यो सरकार २०८४ को निर्वाचनसम्म जान्छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज

प्युठानको सरुमारानीमा माओबादी छोडेर सिंगो गाउँ नै एमालेमा प्रबेश

    प्युठानको सरुमारानीमा मगर र गुरुङ बस्ती रहेको सिंगो गाउँ नै माओवादी

यो सरकार काम गरेर देखाउँछ : उपप्रधानमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने बताएका