योगेश भट्टराईको प्रश्न– विग्रह ल्याउन खोज्ने ठिक कि मिलाउन खोज्ने ?



हाम्रो इकोनोमि

 

त्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद समाधानमा चिनियाँ राजदूत सक्रिय बनेको भन्दै विवाद उब्जिएका बेला पर्यटनमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले चीनको बचाउ गरेका छन् ।

मन्त्री भट्टराईले नेपालमा भारत र चीनको गतिविधिलाई तुलना गर्दै भारतको भूमिका विग्रह ल्याउने र चीनको समाधानमुखी भएको टिप्पणी गरेका छन् ।

फेसबुकमा स्टाटस लेख्दै मन्त्री भट्टराईले उक्त टिप्पणी गरेका हुन् । उनले आफ्नो ४ बुँदे स्टाटसमा भारत र चीनको नाम उल्लेख गरेका छैनन् ।

पहिलो बुँदामा भट्टराईले प्रश्न गरेका छन्, ‘संविधान बनाउने बेलामा असफल पार्न खोज्नु ठीक कि संविधान निर्माणप्रति सद्भाव राख्नु ठीक ?’

नेपालमा संविधान घोषणा हुने बेलामा भारतले हस्तक्षेप गर्दै यसलाई रोक्न खोजेको थियो । भारतीय विदेश सचिव (हाल विदेशमन्त्री) एस जयशंकरले नेपालमै आएर नेताहरुलाई दवाव दिएका थिए । भट्टराईले भारतको नाम नलिइकन त्यही घटनालाई ईंगित गर्न खोजेका हुन् ।

दोस्रो बुँदामा मन्त्री भट्टराईले अर्को प्रश्न सोधेका छन्, ‘पहिलो र दोस्रो संविधानसभाको बेलामा तराई र पहाड, जाति–जनजातिको सामान्य अन्तरविरोधलाई चर्काएर नेपालमा विग्रह ल्याउन प्रयत्न गर्नु ठीक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सदभाव राख्नु ठीक ?’

तेस्रो बुँदामा उनले नाकाबन्दीको प्रसंग उल्लेख गरेका छन् ।

‘नेपालमाथि नाकाबन्दी लगाएर हायल कायल पार्न खोज्नु ठीक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देऊ भन्नु ठीक ?’ उनले प्रश्न गरेका छन् ।

चौथो बुँदामा मन्त्री भट्टराई लेख्छन्, ‘पार्टी र पार्टीभित्रको अन्तरविरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठीक वा सबै पार्टीबीच राम्रो एकता बनाउँदै नेपालको समृद्धिप्रति सद्धभाव राख्नु ठीक ?

उनले अन्त्यमा भनेका छन्, ‘कसैको पनि कुरा सुन्नु राम्रो हो । मान्ने नमान्ने अधिकार हाम्रो हो ।’

यसअघि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूतले नेकपा नेताहरुसँग गरेको भेटघाटप्रति असन्तुष्टि व्यक्त गर्दै स्टाटस लेखेका थिए ।

हेर्नुहोस् भट्टराईले फेसबुकमा के लेखेका छन् ? 

प्रतिक्रिया दिनुहोस
९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार

    रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन...

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...

असार २० गतेसम्म कांग्रेसको क्रियाशील सदस्य नवीकरण गर्न पाईने

    नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिकको लागि नयाँ कार्यतालिका ल्याएको...

रास्वपाको सभापतिमा लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्...