योगेश भट्टराईको प्रश्न– विग्रह ल्याउन खोज्ने ठिक कि मिलाउन खोज्ने ?



हाम्रो इकोनोमि

 

त्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद समाधानमा चिनियाँ राजदूत सक्रिय बनेको भन्दै विवाद उब्जिएका बेला पर्यटनमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले चीनको बचाउ गरेका छन् ।

मन्त्री भट्टराईले नेपालमा भारत र चीनको गतिविधिलाई तुलना गर्दै भारतको भूमिका विग्रह ल्याउने र चीनको समाधानमुखी भएको टिप्पणी गरेका छन् ।

फेसबुकमा स्टाटस लेख्दै मन्त्री भट्टराईले उक्त टिप्पणी गरेका हुन् । उनले आफ्नो ४ बुँदे स्टाटसमा भारत र चीनको नाम उल्लेख गरेका छैनन् ।

पहिलो बुँदामा भट्टराईले प्रश्न गरेका छन्, ‘संविधान बनाउने बेलामा असफल पार्न खोज्नु ठीक कि संविधान निर्माणप्रति सद्भाव राख्नु ठीक ?’

नेपालमा संविधान घोषणा हुने बेलामा भारतले हस्तक्षेप गर्दै यसलाई रोक्न खोजेको थियो । भारतीय विदेश सचिव (हाल विदेशमन्त्री) एस जयशंकरले नेपालमै आएर नेताहरुलाई दवाव दिएका थिए । भट्टराईले भारतको नाम नलिइकन त्यही घटनालाई ईंगित गर्न खोजेका हुन् ।

दोस्रो बुँदामा मन्त्री भट्टराईले अर्को प्रश्न सोधेका छन्, ‘पहिलो र दोस्रो संविधानसभाको बेलामा तराई र पहाड, जाति–जनजातिको सामान्य अन्तरविरोधलाई चर्काएर नेपालमा विग्रह ल्याउन प्रयत्न गर्नु ठीक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सदभाव राख्नु ठीक ?’

तेस्रो बुँदामा उनले नाकाबन्दीको प्रसंग उल्लेख गरेका छन् ।

‘नेपालमाथि नाकाबन्दी लगाएर हायल कायल पार्न खोज्नु ठीक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देऊ भन्नु ठीक ?’ उनले प्रश्न गरेका छन् ।

चौथो बुँदामा मन्त्री भट्टराई लेख्छन्, ‘पार्टी र पार्टीभित्रको अन्तरविरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठीक वा सबै पार्टीबीच राम्रो एकता बनाउँदै नेपालको समृद्धिप्रति सद्धभाव राख्नु ठीक ?

उनले अन्त्यमा भनेका छन्, ‘कसैको पनि कुरा सुन्नु राम्रो हो । मान्ने नमान्ने अधिकार हाम्रो हो ।’

यसअघि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूतले नेकपा नेताहरुसँग गरेको भेटघाटप्रति असन्तुष्टि व्यक्त गर्दै स्टाटस लेखेका थिए ।

हेर्नुहोस् भट्टराईले फेसबुकमा के लेखेका छन् ? 

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...