नेकपा विवाद : हलो अड्कियो प्रधानमन्त्रीको राजीनामामा



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउने प्रयासमा बसेको दुई अध्यक्षबीचको वार्ता प्रधानमन्त्रीको राजीनामामा अड्किएको छ ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि लगातार पाँचौ बैठक बसेको हो । जारी स्थायी कमिटीको बैठक स्थगित गरेर विवाद मिलाउने प्रयास भइरहेको छ ।  बैठक स्थगित गरेर गरिएको अध्यक्षद्धयबीचको छलफल सुधारोन्मुख भएपनि विवाद मिल्न बाँकी रहेको बताइएको छ ।

ओली–प्रचण्डबीच सोमबार भएको छलफलमा केही विषयमा सहमति जुटेको बताइए पनि प्रधानमन्त्रीको राजीनामाका विषयमा कुरा मिल्न सकेन ।  ओली केही मुख्यमन्त्री हेरफेर गर्न र मन्त्रिपरिषद हेरफेर गर्न सहमत भएको स्रोतले बताएको छ ।

‘दुवै अध्यक्षबीच भएको छलफलमा केही कुरा मिलेका छन् । जसमा मुख्यमन्त्री हेरफेर, मन्त्रिपरिषद हेरफेर र सरकार सञ्चालन गर्न संयन्त्र बनाउने विषयमा सहमति भएको छ,’ स्रोतले भन्यो ।

जबकि जेठमा बसेको सचिवालय र जारी स्थायी कमिटी बैठकमा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेको छ । ओली भने दुवै पदबाट राजीनामा दिन भने सहमत भएका छैनन् ।

दुवै अध्यक्षबीच भएको छलफलमा अरु सबै कुरामा सहमत भए पनि राजीनामा दिने कुरामा सहमत हुन नसक्ने बताएको स्रोतले उल्लेख गरेको छ ।

नेकपामा पद र शक्ति बाँडफाँटमा कुरा नमिलेपछि पछिल्लो समयमा विवाद बढेको छ । अझ ११ असारबाट जारी स्थायी कमिटीको बैठकले समस्या र विवाद हल गर्नुको सट्टा झन् बढेको छ ।

१४ असारमा मदन भण्डारीको जन्मोत्सवमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य शक्ति र आफ्नै पार्टीका नेताहरू आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागेको बताएका थिए ।

त्यसपछि विवाद झन् बढेको थियो । बैठकमा नै सचिवालय सदस्यहरूले प्रधानमन्त्रीसँग प्रमाण भए बैठकमा देखाउन भनेका थिए । विवाद बढेको समयमा नै ओलीले चालू संसद अधिवेशन नै अन्त्य गरे ।

अझ राष्ट्रपतिलाई अर्को समूहले महाअभियोग लगाउन लागेको भन्दै राष्ट्रपतिलाई ब्रिफिङ गरेपछि नेकपाको राजनीतिमा राष्ट्रपति पनि तानिइन् । जसले गर्दा विवाद बढ्दै गएको थियो ।

तर नेकपाका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले राष्ट्रपतिलाई महाअभियोग लगाउने कुरा हल्ला मात्रै भएको प्रष्ट पारेका थिए ।  प्रचण्ड–नेपाल समूह भने ओलीलाई दुवै पदबाट राजीनामा नगराई नछोड्ने भन्दै छलफलमा जुटेका थिए ।  यहीबीच विवाद कम गर्ने भन्दै अध्यक्षद्वय र दोस्रो पुस्ताका नेताहरू दैनिक जसो छलफलमा जुटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...