सरिता गिरीलाई पार्टी र सांसदबाट बर्खास्त गर्ने तयारी



हाम्रो इकोनोमि

 

समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद पदबाट बर्खास्त गर्ने तयारी गरेको छ ।  गिरीमाथि कारवाहीका लागि आज समाजवादी पार्टीको बैठक बसिरहेको पार्टीले जनाएको छ ।

नेपालको निशान छाप संशोधन प्रस्ताव खारेजीको प्रस्ताव दर्ता गरेको र संशोधनको पक्षमा मतदान नगरेको भन्दै समाजवादी पार्टीले सांसद गिरीलाई स्पष्टीकरण सोधिसकेको छ ।

पार्टीले मागेको स्पष्टीकरणको चित्तवुझ्दो जवाफ नआएको भन्दै उनलाई कारवाही गर्न को निर्णय गर्न बैठक बसिरहेको सो पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

उनका अनुसार आजको बैठकले उनलाई कारवाही गर्ने कि नगर्ने भन्ने अनितम निर्णय लिदैछ । गत ११ असारमा पार्टीको पत्र बुझेकी सांसद गिरीलाई ७ दिनभित्रमा जवाफ दिन भनिएको थियो ।

गत ३१ जेठमा निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनमा मत नहाली संशोधनविरुद्ध अभिव्यक्ति दिएपछि समाजवादी पार्टीले गिरीसँग स्पष्टीकरण सोधेको हो ।

यसअघि संशोधन प्रस्तावविरुद्ध संशोधन दर्ता गराएपछि पार्टीको संसदीय दलले फिर्ता लिन निर्देशन दिँदै कारबाहीको चेतावनी दिएको थियो ।  समाजवादीको ८ असारमा बसेको पदाधिकारी बैठकले गिरीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...