नेकपामा फेरी हस्ताक्षर अभियान, ठाकुर गैरेको नेतृत्वमा १२५ जना पुगे



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी बैठकको माग गर्दै १ सय २५ जनाभन्दा बढी केन्द्रीय नेताले हस्ताक्षर संकलन गरेका छन् ।

केन्द्रीय सदस्य ठाकुर गैरेको नेतृत्वमा सुरु भएको हस्ताक्षर संकलन केन्द्रीय समिति बैठक माग गर्न आवश्यक एकतिहाइ मत संकलन गर्ने प्रयासस्वरुप सो संख्याबराबर हस्ताक्षर संकलन भएको हो ।

‘अहिलेसम्म १ सय २५ भन्दा बढी केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको छ,’ गैरेले  भने, ‘बाँकी प्रदेश–प्रदेशमा हस्ताक्षर संकलन गरेर केन्द्रीय समिति बोलाउन आवश्यक संख्या जुटाउँदै छौँ ।’

उनका अनुसार ७ वटा प्रदेशमा अहिले थप हस्ताक्षर संकलन भइरहेको छ । अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्ड–वरिष्ठ नेता माधवकुमार नेपालले समूहबीच तीव्र विवाद चलिरहेको बेला हस्ताक्षर संकलन गरिएको हो ।

‘पार्टीभित्रको विवाद सचिवालय र स्थायी समितिले गर्न नसकेपछि सो विवादको समाधान खोज्न केन्द्रीय समिति बैठक बोलाउन माग गरेका हौँ, यसमा धेरै साथी उत्साहित भएर हस्ताक्षर गरिरहनुभएको छ,’ केन्द्रीय सदस्य गैरेले भने ।

पार्टी र सरकार चलाउन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली असफल भएको भन्दै प्रचण्ड–नेपाल समूहले राजीनामा माग गरिरहेका छन् ।

पार्टी विभाजनसम्मको गहिराइमा विवाद पुगेपछि केन्द्रीय सदस्यहरू जुर्मुराएका हुन्, उनीहरूले पार्टी विवाद मिलाउन धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा धर्नासमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...