हातहतियारसहित १५ गाडी भारतीय सुरक्षाकर्मी नेपाल छिरे



हाम्रो इकोनोमि

 

हातहतियार सहित १५ वटा गाडीमा आएका भारतीय सुरक्षाकर्मीको टोलीले नेपाली भूभागमा सडक निर्माण कार्य रोकेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुँइस्थित हुलाकी सडक निर्माण कार्यस्थलमा भारतीय पक्षले अवरोध गरेको हो। साथै, नेपालतर्फको एक हजार २०० मिटर जमिन भारतको भन्दै कब्जा प्रयास गरेका छन्‌। भारतले सुरक्षा दलबल लगाएर अवरोध गरेपछि सडक निर्माणकार्य आइतबारदेखि रोकिएको छ।

‘सीमा स्तम्भ नम्बर ३८ नजिक सडक कालोपत्रे गर्नका लागि बेस राख्ने कार्य ७५ प्रतिशत पुरा भएको छ,’ इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले भने, ‘तर नेपालतर्फको एक हजार २०० मिटर क्षेत्र भारतमा पर्ने दावी गर्दै भारतीय पक्षले सडक निर्माणमा अवरोध गरेका छन्‌।’ भारतले ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) का आधारमा नेपाली भूभाग भारततर्फ पर्ने भन्दै सडक निर्माण रोकेको, तर आफूहरूले भारतको दावीलाई मान्ने स्थिति नरहेको उनले जानकारी दिए।

करिब १५ वटा गाडीमा खचाखच कोचिएर आएका भारतीय सुरक्षाकर्मीको टोलीले हुलाकी सडक निर्माण रोकेका हुन्‌। नेपाली सुरक्षा निकायसँग कुनै समन्वय नै नगरी भारतीय सुरक्षाकर्मीहरू हातहतियारसहित नेपाल पसेका थिए। उनीहरू सीधै नेपालले सडक निर्माण गरिरहेको स्थान पचुँइमा पुगेका थिए।  गत वर्ष पनि भारतीय पक्षले सडकमा ग्राभेल राख्ने काम हुँदा यसरी नै दलबल र हतियारसहित आएर अवरोध गरेको थियो। रिफरेन्स पिल्लरभन्दा १० मिटर यता नेपाली भूमिमै सडक निर्माण भइरहेको छ। भारतले यो रिफरेन्स पिल्लरलाई नै मुख्य सीमास्तम्भ भएको दावी गर्दै आएको छ।

 

चौधर नदीमा सीमा स्तम्भ राख्न सकिने अवस्था नभएपछि नदी भन्दा ३०० मिटर यता नेपालतर्फ रिफरेन्स सीमास्तम्भ राखिएको स्थानीय हरि चन्दले बताए। मुख्य सीमास्तम्भ राख्न नसकेपछि नेपाली भूमिमा रिफरेन्स पिल्लर राखिएको उनले जानकारी दिए।  वर्षौं पहिलेदेखि नै हुलाकी सडक निर्माण भएको क्षेत्रलाई नेपालीले निर्वाध रुपमा प्रयोग गर्दै आएका थिए।

तर गत वर्षदेखि भारतीय सुरक्षाकर्मीहरू यो क्षेत्रमा घुसेर अवरोध गर्दै आएको बेलौरीका नगरप्रमुख पोतिलाल चौधरीले बताए। यो वर्ष पनि उनीहरूले सडक निर्माण कार्य रोक्न भन्दै धम्क्याएर गएको उनले बताए।  यस क्षेत्रको जमिन निकै अघिदेखि नेपालीहरूले भोगचलन गर्दै आएका छन्‌। स्वयम्‌ नेपाल-भारत संयुक्त सीमा सर्भे टोली र नापी टोलीले सडक निर्माण भैरहेको क्षेत्रलाई नेपाली भूभाग भनेका छन्‌। नेपाली भूभाग रहेको स्वीकार गरेपछि पनि भारतले सुरक्षाकर्मी घुसपैठ गराई यस क्षेत्रमा तनाव निम्त्याउने गरेको थाहखबरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...