ओली र प्रचण्डको मायाँप्रेम फेरी गाँसियो, दुबैजना बालुवाटारमा



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउन नेताहरु परामर्शमा व्यस्त भएका छन् । यसैक्रममा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीलाई राजीनामा दिनुपर्ने प्रचण्ड पक्षको माग र दुवै पद नछाड्ने ओलीको अडानका बीच नेकपामा आन्तरिक कलह चुलिएको छ । विवाद चर्किएपछि स्थायी कमिटी बैठकसमेत प्रभावित भएको छ ।

हाल स्थायी कमिटीको बैठक स्थगित गरेर नेताहरुले सहमतिको प्रयास जारी राखेका छन् । सोमबार बस्ने भनिएको स्थायी कमिटीको बैठक २४ गतेसम्मका लागि स्थगित गरिएको छ ।

आन्तरिक शक्ति संघर्षले पार्टी बिभाजनको अवस्थामा पुगेको भन्दै दोस्रो तहका नेताहरुले सहमतिका लागि पहल गर्दै आएका छन् । कार्यकर्ताहरुले पनि जिल्ला जिल्लामा प्रदर्शन गर्दै पार्टी बिभाजन नगर्न र एकताबद्ध हुन दबाव दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...