प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा ‘वान टु वान’ वार्ता



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग एक्लाएक्लै छलफलपछि अर्का अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । दुवै अध्यक्षको छलफलपछि आजको स्थायी कमिटी बैठक सहमतिको प्रयत्न गर्ने भन्दै बुधवारसम्मलाई स्थगित गरिएको छ ।

यसबीचमा दुईपटक अन्य सहयोगी नेताहरुसहित वार्ता गरेका ओली र प्रचण्ड सोमवार भने एक्लाएक्लै संवादमा थिए । दुई अध्यक्षबीच के कुराकानी भयो भन्ने खुलेको छैन । तर प्रचण्ड प्रफुल्ल मुद्रामा बाहिरिएको बालुवाटार स्रोतको दावी छ ।

यसअघि दुवै वार्तामा ओलीले आफू प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाड्ने अडान दोहोर्याएका थिए भने प्रचण्डले प्रधानमन्त्रीबाट राजिनामा दिनुपर्ने अडान नै राखेका थिए । दुई अध्यक्षबीच समझदारी नभई स्थायी कमिटी बैठक नराख्न मध्यमार्गी नेताहरुले पनि दबाव दिइरहेका छन् ।

पार्टी फुट्न नदिन सक्रिय एक नेताले भने– अहिले स्थायी कमिटीमा छलफल गराएर बहुमतका आधारमा कुनै निर्णय गर्न खोजियो भने त्यही विन्दुबाट पार्टी फुट्छ । त्यसैले दुई अध्यक्षबीच नै मुख्य समझदारी होस् भनेर हामीले पनि आग्रह गरिरहेका छौं । उहाँहरुले जे सहमति गर्नहुन्छ त्यो पार्टी बैठकमा ल्याउनुभयो भने छलफल सहज हुन्छ ।

अहिले पार्टी निर्णय मान्ने कि नमान्ने भन्ने तहको बहस भइरहेको भन्दै ती नेताले बैठकले ओलीको सहमतिबिना निर्णय गर्नासाथ उनले नमान्ने र पार्टी बिभाजनको बिजारोपण हुने बताए । पार्टी फुट्नेमात्र होइन संविधान नै संकटमा पर्ने भएकाले जे निर्णय भए पनि यसपटक सहमतिकै आधारमा हुनुपर्ने जोड ती नेताहरुको छ ।

पछिल्लो समय घनश्याम भुसालको संयोजनमा दोस्रो तहका प्रभावशाली नेताहरु पार्टी बिभाजन रोक्न सक्रिय भएका छन् भने दुई अध्यक्षबीच समझदारी कायम गर्न शंकर पोखरेल र वर्षमान पुन गृहकार्यमा छन् । महासचिव विष्णु पौडेलले मुख्य नेताहरुसँग सघन संवाद गरिरहेका छन् ।

स्थायी कमिटी बैठकले समाधान नदिने भएकाले केन्द्रीय कमिटी बैठक बोलाउन पनि हस्ताक्षर अभियान चलिरहेको छ । तर नेताहरु भने दुई अध्यक्ष र माधव नेपालसहित समझदारी कायम नभई पार्टीका बैठकहरु राख्दा त्यसले समस्याको निकासभन्दा पनि बिभाजनतर्फ धकेल्ने भएकाले समझदारीमै जोड दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...