स्थायी कमिटीको बैठक बुधबारसम्म स्थगित



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद पहिला हल गर्ने उद्देश्यले स्थायी कमिटी बैठक असार २४ गतेसम्मका लागि स्थगित गरिएको छ ।

आज (सोमबार) का लागि तय भएको बैठक असार २४ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।

यसअघि शनिबारका लागि तय भएको बैठक सोमबारका लागि सारिएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को अधिवेशन अन्त्य गरेसँगै असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पनि प्रभावित भएको थियो ।

यसैबीच नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल जारी छ । सोमबार बिहान साढे ९ बजेदेखि उनीहरुबीच छलफल शुरु भएको जनाइएको छ । स्थायी कमिटी बैठकअघि सहमतिको अधिकतम प्रयास खोज्ने भन्दै बैठक स्थगित गरिएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने अडान दोहोर्‍याएपछि विवाद झनै बढेको छ । दाहाल–नेपाल समूह ओलीले एउटा पद छाड्नु पर्ने अडानमा छन् । हिजो (आइतबार) पनि ओली–प्रचण्डबीच आफ्ना विश्वास पात्रसहित छलफल भएको थियो । शुरुमा निकै गर्मागर्मी रुपमा शुरु भएको छलफल अन्त्यमा आएर मत्थर भएको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...