प्रचण्ड, झलनाथ र माधव नेपाल शितल निवासमा



हाम्रो इकोनोमि

 

नेकपा विभाजनको संघारमा पुगेका बेला अध्यक्ष प्रचण्डसहितका तीन शीर्ष नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । प्रचण्डसँगै पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल र माधव नेपाल शीतल निवास गएका हुन् ।

प्रचण्ड पक्षले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने र प्रधानमन्त्री हटाउने षडयन्त्र गरिरहेको आरोप प्रधानमन्त्रीले लगाइरहेका बेला यसबारे प्रष्ट पार्न प्रचण्ड सहितका नेताहरु शीतल निवास पुगेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीले शनिवार साँझ राष्ट्रपतिसँग भेट गरेपछि मन्त्रिपरिषद सदस्यहरुसँग परामर्श गरेका थिए । त्यसक्रममा उनले राष्ट्रपतिविरुद्ध समेत खुमलटारमा प्रचण्ड पक्षधर नेताहरुले षडयन्त्र गरेको आशय व्यक्त गर्दै जुनसुकै कदम चाल्नुपर्ने बताएका थिए ।

प्रधानमन्त्रीलाई सम्झाउनका लागि पनि तीन नेताले राष्ट्रपतिमार्फत आग्रह गर्ने सम्भावना रहेको माधव नेपाल निकट एक नेताले बताए । केपी ओलीले हठ नछाड्दा पार्टी फुट्ने र यसले राष्ट्रपति तथा प्रधानमन्त्रीलाई समेत अप्ठेरो पर्ने भएकाले राष्ट्रपतिले ओलीमाथि दबाब बढाउन् भन्ने चाहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...