ओली निकटका नेता र प्रचण्डको गोप्य भेटघाट



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटन प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

पार्टी र सरकारको नेतृत्वबाट राजीनामा दिनुपर्ने माग उठेपछि आज (बिहीबार) बिहान ओली निकटका नेताहरु प्रचण्ड निवास खुमलटार पुगेर छलफल गरिरहेका छन् ।

नेकपा सचिवालय सदस्य, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी कमिटीका सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहितका नेताहरु दाहाललाई रिझाउँन खुमलटार पुगेका हुन् । यी सबै नेताहरु ओली निकटका हुन् ।

यसअघि बुधबार बिहान प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरुसँग बालुवाटारस्थित निवासमा तथा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकटका नेताहरु झम्सीखेलको एक रेष्टुरेन्टमा छलफल गरेका थिए । ओलीले सरकार बचाउन र प्रचण्ड, नेपाल समूहले सरकार तथा पार्टी नेतृत्वबाट ओलीलाई हटानका लागि योजनाबद्ध छलफलमा जुटेका हुन् ।

प्रचण्ड र नेपाल समूहको भेलामा सहभागि स्थायी समितिका ३१ सदस्यहरुले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसपछि स्थायी कमिटीका अरु सदस्यहरुसँग पनि छलफल गर्ने भन्दै नेताहरु फर्किएका थिए ।

नेकपा जारी स्थायी कमिटी बैठकमा पार्टी र सरकारको नेतृत्वबाट राजिनामा दिनुपर्ने माग उठिरहेको बेला प्रधानमन्त्री ओलीले आन्तरिक छलफलमार्फत नेतृत्व जोगाउने कसरतमा जुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...