आईजीपी पदका लागि थापा र पालबीच सहमति, हामीमध्ये जसलाई बनाए पनि हुन्छ



 

 

धबार बिहान महानगरीय प्रहरी परिसरको गेटमा नेपाल प्रहरीको दुई तारे गाडी टक्क रोकियो।  बा २ झ ३३९२ नम्बरको गाडीमा सवार थिए एआइजीद्वय शैलेश थापा क्षेत्री र हरि बहादुर पाल।

गाडीबाट ओर्लिएलगत्तै उनीहरू परिसरभित्र पुगे। त्यहाँ जावलाखेल प्रहरीको लागि चार तल्ले भवन उद्घाटन कार्यक्रम थियो। एक साता अर्थात् यही असार २४ गतेपछि क्षेत्री र पालमध्ये एक जना आइजिपी हुनेछन्।

संगठन प्रमुखको प्रमुख दाबेदारका रूपमा रहेका उनीहरू सँगै एउटै गाडीबाट ओर्लिएपछि त्यहाँ उपस्थित धेरै प्रहरी छक्क थिए। यसअघि केहीदिन अघि देखि उनीहरू सार्वजनिक कार्यक्रममा सहभागी हुँदा दुबै जनासँगै र एउटै गाडीमा जाने गरेका छन्।

अरु बेलामा सरकारले प्रहरी प्रमुख छान्ने ३ महिनाअघि देखि नै दाबेरदारका रूपमा रहेका प्रहरी अधिकारीहरूमा एकले अर्कोको खुट्टा तान्ने प्रवृत्ति थियो। बोलचालसमेत बन्द हुने गर्दथ्यो। आइजिपी बन्नका लागि नेताका घरहरूमा दौडधुप बाक्लो देखिन्थ्यो।

त्यही प्रहरीभित्र मौलाएको परम्परा निर्मूल पार्नका लागि क्षेत्री र पाल अहिले भद्र सहमति गरेर अगाडि बढिरहेका छन्।  नेताको ढोका नढकढक्याउने, कसैले कसैको कुरा नकाट्ने, कसैलाई असर पुर्याउने काम नगर्ने, जसलाई सरकारले आइजिपी बनाए पनि मान्य हुने गरी काम गर्ने उनीहरूबीच सहमति भएको छ।

यसरी आइजिपी बन्ने अस्वस्थ्य प्रतिस्पर्धामा नलाग्न उनका ब्याचका डिआइजीहरू र एसएसपीहरूले मध्यस्थता गरेका थिए। एकैदिन प्रहरी सेवामा प्रवेश गरेका उनीहरूले सरकारले जो आइजिपी बनाए पनि कुनै फरक नपर्ने बताउँदै आएका छन्।

आइजिपीको दौडमा रहेका एआइजी शैलेश थापा क्षेत्रीले प्रहरी संगठनलाई विगतदेखि वर्तमानसम्म हेर्दा आइजिपी बन्ने अस्वस्थ्य प्रतिस्पर्धा देखिएको त्यसले संगठनलाई असर पार्ने हुँदा अस्वस्थ्य प्रतिस्पर्धामा नलागेको बताए।

‘आइजिपी बन्नका लागि विगतका दिनहरूमा जे/जे भयो, त्यसले संगठनलाई फाइदा गरेन’,

एआइजी पालसँग यसबेला सँगै मिलेर हिँडनुलाई उनले सामान्य रूपमा लिनुपर्ने बताए।

आइजिपीको दौडमा रहेका पालले आपसी मतभेद त्यागेर संगठन बनाउनका लागि दुई जना मिलेर हिँडेको बताए।

‘व्यक्तिभन्दा संगठन राम्रो हुनुपर्छ भन्ने हाम्रो मान्यता हो’, उनले भने।

आइजिपी बन्नका लागि हुने स्वस्थ्य प्रतिस्पर्धालाई भावी अधिकारीहरूले पनि अनुशरण गर्नुपर्ने उनको भनाइ छ।

क्षेत्री र पाल २०४९ साल वैशाख १९ गते सँगै प्रहरी सेवामा प्रवेश गरेका हुन्। दुईमध्ये एक जो आइजिपी भए पनि उनीहरूले २०७९ साल वैशाख २४ गतेसम्म संगठनको नेतृत्व सम्हाल्ने अवसर पाउनेछन्।

क्षेत्रीले कास्की, झापा लगायतका जिल्लामा कमाण्ड सम्हालेका थिए भने पालले कास्की र रुपन्देही जिल्लासँगै धनुषामा पनि नेतृत्व गरेका थिए।

क्षेत्री प्रहरी तालिम केन्द्र र हेडक्वाटरमा लामो समय बसेर संगठनलाई कसरी सुधार गर्न सकिन्छ भनेर रणनीति बनाउने अधिकारीहरूमध्ये एकमा पर्दछन्।

पाल भने प्रहरी निरीक्षकदेखि नै उत्कृष्ट फिल्ड कमाण्डरका रूपमा आफूलाई परिचित गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्