आवश्यक परे प्रधानमन्त्री ओलीलाई काँधमा बोक्छु : मन्त्री भट्टराई



हाम्रो इकोनोमि

 

नेकपामा देखिएको नेतृत्व तहकै घोचपेच र असन्तुष्टिसम्मका विविध विवरण सतहमा आएपछि कार्यकर्ताबीच विभाजित मानसिकता बनेको छ ।

स्थायी समितिको बैठक जारी रहेका बेला आफ्ना धारणा राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र अन्यसँग बुधबार परामर्श गरेका थिए ।

‘पार्टीभित्र देखिएका समस्याका बारेमा परामसश गर्न स्थायी कमिटीका साथीहरुलाई अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाउनुभयो’,सोही छलफलमा सहभागी मध्येका पर्यटनमन्त्री भट्टराई भन्छन्,‘बाँकी नेता र सदस्यहरुसँग पनि परामर्श गर्ने प्रमले बताउनुभयो जुन सकारत्मक छ ।’

परामर्श दिन पुगेका सहभागीले पार्टी एकता जोगाउन, अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारी पूरा गर्न सुझाव दिएको भट्टराई बताउँछन् ।

उनले अगाडि जोड्छन्,‘थप नयाँ जगमा अझ सुद्रिढ र एकताबद्ध बनाउन, विश्वासको संकटलाई अन्त्य गरी हार्दिक र कमरेडली भावनाको बिकास गर्न प्रमलाई सुझाब दिइएको छ ।’ भट्टराईले अहिलेको विषय सकारात्मक विन्दुमा पुग्ने आशा राख्दै भनेका छन्,‘प्रोक्सी वार बन्द गरौं ।’

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...