तमासा अति भयो अब हामीलाई काम गर्ने सरकार दिनुहोस् – गगन थापा



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आन्तरिक कलहलाई लिएर नेपाली कांग्रेसका युवा नेता गगन थापाले बालुवाटारमा तमासा भइरहेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै एकअर्काविरुद्ध आरोप प्रत्यारोप गरेका थिए ।

त्यसप्रति लक्षित गर्दै नेता थापाले सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त रहेको उल्लेख गर्दै भनेका छन्, ‘तर, अहिले न त सलह किराले आफ्नो आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले, बरु यिनको त गति र प्रभाव बढ्दो छ ।’

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ, अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...