ओलीलाई प्रचण्डको जवाफः तपाईलाई भारतले होइन मैले हटाउन खोजेको हो 



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्का अध्यक्ष केपी ओलीलाई भारतले नभइ आफुले नै प्रधानमन्त्रीबाट हटाउन प्रयास गरेको बताएका छन् ।

नेकपाको जारी सचिवालय बैठकमा पार्टीका अध्यक्षद्धयवीच चर्काचर्की परेपछि प्रचण्डले ओलीलाई भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको नभइ आफुले नै हटाउन खोजेको जवाफ दिएको बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले बताए ।

‘१७ बैशाखमै मैले तपाईंको राजीनामा मागेको हो अहिलेपनि मागें, पहिलापनि तपाईलाई दिल्लीले होइन मैले हटाएको हो, अवपनि मैले नै हटाउँछु’ प्रचण्डले बैठकमा राखेको राधणा उदृत गर्दै ती नेताले भने ।

नेताहरुले प्रधानमन्त्रीबाट हटाउन खोजेको भन्दै दिएको अभिव्यक्ति पुष्टि गर्न अध्यक्ष ओलीलाई चेतावनी दिएपछि ओलीले पार्टी बैठकका कुराहरु कसले भारतीय मिडियासम्म पुर्याउँछ भन्दै प्रश्न गरेपछि प्रचण्ड आक्रोशित बनेको ती नेताको भनाइ छ ।

तपाईलाई प्रधानमन्त्रीबाट भारत या अरु कसैले हटाउन खोजेको होइन, मैले हटाउन खोजेको हो, हटाउने नै हो’, प्रचण्डले बैठकमा राखेको धारणा उदृत गर्दै ती सदस्यले भने ।

‘स्थायी कमिटीमा मविरुद्ध बोलिएका बिषय कसरी भारत पुग्यो किन हाम्रा हुबहु कुरा बाहिर लगिन्छ, यो षड्यन्त्र नभए के भन्दै ओली आक्रोशित बनेपछि प्रचण्डले मैले हो हटाउन खोजेको भन्नुभयो,’ ती नेताले भने ।

प्रचण्डले १४ असारमा भएको एउटा सार्वजनिक कार्यक्रममा भारतविरुद्ध बोलेर राम्रोे काम नगरेको भन्दै हल्का ढंगले प्रस्तुत नहुन पनि ओलीलाई सुझाएको ती नेताले बताए ।

बैठकमा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, रघुजी पन्त लगायतका नेताले कुर्सीमा विभेद भएको भन्दै आक्रोस व्यक्त गरेपछि शान्त ढंगले शुरु भएको बैठकमा नेताहरुवीच भनाभन शुरु भएको ती नेताको दावी छ । शिलापत्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...