नेकपाको बैठकमा कुर्सी तनातान, नेतालाई मञ्चबाट झारियो



 

नेकपाको बैठकमा पटक–पटक कुर्सीसम्बन्धी विवाद पर्दै आएको छ । मंगलबारको बैठकमा पनि त्यस्तै विवाद भयो । अन्ततः सचिवालयका सदस्यहरुलाई मञ्चबाट तल झारियो ।

बैठक उदघाटनको दिन बुधबार दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई अग्लो मञ्चमा सुविधाजनक सोफाको प्रवन्ध गरिएको थियो भने अरु नेताहरुलाई काठका कुर्सीको प्रवन्ध गरिएको थियो । बरिष्ट नेता माधव नेपाल र झलनाथ खनाललाई अध्यक्षको आसनभन्दा केही पछाडि राखिएको थियो । सचिवालयका ९ जना नेता मञ्चमा थिए, स्थायी कमिटीका सदस्यहरु तल, होचोमा । पहिलो दिन बरिष्ठ नेता माधव नेपालले आफ्नो आसन केही अगाडि सार्न लगाएर विरोध जनाएका थिए ।

शुक्रबारको बैठकमा अध्यक्षहरु बस्ने विशेष सोफा हटाइयो र अरुकै जस्तो काठका कुर्सी राखियो । प्रधानमन्त्री ओली त्यो दिन बैठकमै आएनन् । शनिबार तेस्रो दिनको बैठकमा प्रधानमन्त्री केही बेर बसे । तर, सोफामा हैन, काठकै कुर्सीमा ।

मंगलबारको चौथो बैठकमा चाहिँ नेकपाले आफ्नो आसनमा अझै ‘क्रान्तिकारी’ परिवर्तन गरेको छ । आजको बैठकमा प्रधानमन्त्री लगायत सचिवालयका सबै नेताहरुलाई मञ्चबाट तल झारिएको छ ।

मञ्चबाट तल झारेर केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई समान लहरमा राखिएको छ ।यसअघि अग्लो मञ्चमा बसेका सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेललाई स्थायी कमिटी सदस्यहरुकै लहरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्