थप ४६३ जनामा कोरोना, संक्रमित संख्या १२७७२ पुग्यो



हाम्रो इकोनोमि

 

आइतबार नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार  नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ हजार सात सय ७२ पुगेको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट  चार हजार नौ सय ६२  र आरडीटी दुई हजार सात सय ३२ जनाको नमुना परीक्षण गरिएको छ । अहिलेसम्म क्वारेन्टाइन ६१ हजार ७ सय ३१  र  आइसोलेसन ९ हजार सात सय ३१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना जित्नेको संख्या १८९ रहेको छ । डिस्चार्ज हुनेको कुल संख्या तीन हजार १३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...