आज जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्ती



हाम्रो इकोनोमि

 

तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती आज मनाइँदैछ । पार्टीनिकट अन्य संस्थाहरुले पनि विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदैछन्। विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त प्रतिपादन गरी लोकप्रिय भएका तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारीको २०५० जेठ ३ गते दासढुंगा भएको जीप दुर्घटनामा परी निधन भएको थियो।

 

 

भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो। जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ। जबजको जग र सशस्त्र जनयु द्धको अनुभवपछि गत जेठ ३ गते भण्डारीको निधन भएको दिन एमाले र नेकपा (माओवादी केन्द्र) को एकता भई हालको नेकपा गठन भएको छ।

 

आज मदन भण्डारीको जन्मजयन्ती भएका कारण नेकपा स्थायी कमिटि बैठक स्थगित गरिएको छ। अहिले भण्डारीले विजारोपण गरेको बिचार बोकेको नेकपामा झण्डै दुई तिहाई मत प्राप्त भएको छ । नेकपाले सरकार चलाएको छ । उनकी धर्मपत्नी विद्यादेवी भण्डारी मुलुकको सर्वोच्च पद राष्ट्रपति पदमा पदभार सम्हालिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...