नेकपा उपाध्यक्ष वामदेव गौतमले भने : मलाई न्याय चाहियो



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले महाकाली सन्धिलाई लिएर आफूमाथि कारवाही गरिएको भन्दै न्यायका लागि अनुरोध गरेका छन् ।

नेकपा स्थायी कमिटीको जारी बैठकमा शनिबार बोल्दै उपाध्यक्ष गौतमले आफूलाई कारवाही गर्नु गल्ती भएको कुरा पार्टीले भन्नुपर्ने बताए ।

२०५२ साल २९ माघमा महाकाली सन्धि भएको थियो । त्यतिबेला गौतम महाकाली सन्धिको बिरोधमा थिए । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन एमाले महासचिव माधवकुमार नेपाल लगायतका नेताहरु महाकाली सन्धिको पक्षमा थिए । तर, सिपी मैनाली, आरके मैनाली, गौतमसहितका नेताहरु त्यसको विरोधमा थियो ।

सोही कुरा उल्लेख गर्दै गौतमले पार्टीमा महाकाली नदीको मुहान लिम्पियाधुरा भएको बताउँदै त्यतिबेला महाकाली सन्धिको बिरोध गर्दा कारवाही भएकाले पार्टीले अहिले न्याय दिनुपर्ने माग गरेका छन् । महाकाली सन्धिलाई लिएर पार्टी नै विभाजन भएको थियो ।

शारदा बाँध, टनकपुर बाँध, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई एकीकृत रुपमा बिकास गर्ने उद्देश्यले महाकाली सन्धि भएको थियो । जसलाई गौतम लगायतका नेताले राष्ट्रघाती सम्झौता भन्दै बिरोध गरेका थिए ।

एमालेमा महाकाली सन्धिलाई लिएर केन्द्रीय कमिटी बैठकमै मतादन भएको थियो । एक मतको अन्तरले महाकाली सन्धि पारित गर्ने पक्षमा एमाले भयो । संसदबाट सो सन्धि पारित गर्ने पक्षमा पार्टीले ह्विप जारी गर्यो । तर, गौतम लगायतका नेताहरुले पार्टीको ह्विप उल्लंघन गर्दै मतदान नै नगरेपछि पार्टीले कारवाही गरेको थियो ।

४ असोज २०५३ मा एमालेको समर्थनमा संसदले महाकाली सन्धिलाई अनुमोदन गरेपछि पार्टी थप विवाद शुरु भएको थियो । एमालेले गौतममाथि कारबाही गर्ने निर्णय गरेपछि २१ फागुन २०५४ मा पार्टी फुटेको थियो ।

महाकाली सन्धिको बिरोध गर्ने नेताहरुले साहना प्रधान अध्यक्ष, गौतम महासचिव हुने गरी नेकपा माले गठन गरे । तर पछि गौतम सहितका केही नेताहरु पुनः एमालेमै फर्किएका थिए ।

गौतमले आफूलाई गरिएको कारवाही सम्बन्धित पार्टीको दस्तावेजमा सच्याउँन माग गरेका छन् । पार्टीले त्यतिबेला अन्याय गरे पनि अहिले न्याय दिनेमा गौतम विश्वस्त छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...