निधिले भने : भारतीय महिलालाई राजनीतिक अधिकारसहित नागरिकता दिनुपर्छ



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विवाह गरेर आउने विदेशी महिलाको राजनीति अधिकार खोस्न नपाइने बताएका छन् । निधिले सोमबार बिहान ट्वीट गर्दै वैवाहिक अंगीकृत नागरिकताको अधिकार खोस्न नपाइने बताएका हुन् ।

बिहे गरेर नेपाल आयोन भारतीय महिलालाई तत्काल अंगीकृत नागरिकता दिनुपर्ने घुमाउरो भाषामा माग गरेका छन् । उनले भारतीय महिलाहरूलाई राजनीतिक अधिकारबाट बञ्चित गर्नै नहुने आफ्नो ट्वीटमा आशय व्यक्त गरेका हुन् ।

‘वर्षौंदेखि कानून सम्मत ढंगले पाइरहेको वैवाहिक अंगीकृत नागरिकताको अधिकार खोस्ने कानून सामाजिक, साँस्कृतिक, राजनीतिक र संवैधानिक व्यवस्थाको विपरीत नै हो’, निधिले भनेका छन् । ‘नेकपा सरकारको यो कदम प्रतिगामी हो’, उनले भने, ‘अन्तर्ध्वंसी हो, राष्ट्रियहत विपरीत हो । यो स्वीकार्य योग्य छैन ।’

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...