योगेश भट्टराईले भने– प्रधानमन्त्री यहीँ हुनुहुन्छ भन्ने ठान्नोस्



हाम्रो इकोनोमि

 

धानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित नेकपा स्थायी कमिटीको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिलाई लिएर विभिन्न आशंका र टिप्पणीहरू उब्जिएका छन् । नेकपाकै कतिपय नेताले प्रधानमन्त्री ओली बैठकबाट भाग्न खोजेको आशंका व्यक्त गरेका छन् ।

नेकपा स्थायी कमिटी सदस्य एवं पर्यटन मन्त्री योगेश भट्टराईले भने प्रधानमन्त्री काम विशेषले एकछिन अनुपस्थित रहे पनि बैठकमा आउने बताए । मन्त्री भट्टराईले बालुवाटारमा सञ्चारकर्मीहरूसँग भने, ‘बालुवाटारमै बैठक भैराख्या छ, प्रधानमन्त्री यहीँ हुनुहुन्छ भन्ने ठान्नोस् न ।

उनले अगाडि भने, ‘प्रधानमन्त्री कामविशेषले एकछिन नआउनुभएको हो, बैठकमा आइहाल्नुहुन्छ ।’ प्रधानमन्त्री ओलीले यसअघि पनि पार्टीको बैठकमा अनुपस्थिति जनाउने गरेका थिए । बैठकमा आफ्नो आलोचना हुने देखेपछि अनुपस्थित हुने गरेको नेताहरूको गुनासो छ ।

तर मन्त्री भट्टराईले अध्यक्ष अनुपस्थित भए पनि बैठकमा उठेका प्रश्नहरूको उहाँले जवाफ दिने बताउँदै प्रधानमन्त्रीको बचाउ गरे । ‘सबै छलफलहरूको बहस नोट लेखिन्छ । बहस नोटमा लेखिएका सबै कुराहरू दुवै अध्यक्षलाई रिपोटिङ हुन्छ। अन्तिममा अध्यक्षले जवाफ दिने क्रममा ती बहस नोटमा कुराहरूको जवाफ दिनुहुन्छ’ मन्त्री भट्टराईले संसदको उदाहरण दिँदै भने, ‘जस्तो– पार्लियामेन्टमा पनि सबै बेलामा प्रधानमन्त्री, मन्त्री जानुहुन्न, त्यहाँ बोलेका कुराहरूको जवाफ दिइन्छ नि । यसलाई त्यो ढंगले बुझ्नुपर्छ ।’

भारतीय हस्तक्षेपविरुद्ध आवाज

बुधबार सुरु भएर शुक्रबार दोस्रो दिन पुनः बसेको स्थायी कमिटी बैठकमा प्रस्तुत एजेण्डाहरूबारे सहभागीहरूले बोल्ने क्रम सुरु भएको छ । बैठकमा भारतले नेपालको सिमानामा गर्दै आएको हस्तक्षेपविरुद्ध आवाज उठेको छ ।

बैठकमा उठेका विषयहरूबारे जानकारी दिँदै मन्त्री भट्टराईले भने, ‘देशका विभिन्न भागहरूमा डुवानका जुन समस्याहरू छन्, सीमा क्षेत्रमा विभिन्न आपराधिक, गलत क्रियाकलापहरू गरिन्छन्, यस्तो कुराको रोकथामका लागि मित्रराष्ट्रसँग अलिकति प्रभावकारी ढंगले छलफल अगाडि बढाउनुपर्छ भनेर वक्ता साथीहरूले ती कुराहरू भन्नुभएको छ ।’

यहीबीचमा परराष्ट्रमन्त्रीले नेपालको सीमा समस्याका बारेमा विशेषगरी भारतसँग भएका विभिन्न बेलाका सन्धि सम्झौता र छलफलहरूमा भएका प्रगतिहरूका बारेमा र कालापानीका बारेमा समेत बैठकमा कुरा राखेको मन्त्री भट्टराईले जानकारी दिए ।

मन्त्री भट्टराईका अनुसार तीनपटक पत्र पठाउँदा पनि भारतले बार्ताका लागि चासो नदेखाएको परराष्ट्रमन्त्री ज्ञवालीले बैठकलाई जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...