प्रधानमन्त्री ओलीले किन छाडे बैठक ………..



हाम्रो इकोनोमि

 

नेकपा स्थायी कमिटी बैठकमा प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले  राजिनामा माग्ने तयारी गरेपछि प्रधानमन्त्री ओली आफ्नै घर बालुबाटारमा भएको बैठकमा निस्केनन् । आफ्नो चर्को आलोचना हुने बैठकमा नबस्ने सोच अनुसारनै प्रधामनन्त्री निवासमै बसिरहेको बैठक पनि ओलीले छल्न खोजेको आरोप अर्को पक्षले लगाएको छ ।

नेकपा स्थायी कमिटी बैठक सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली बालुवाटारमै अन्य काममा व्यस्त भएका छन् ।

बैठकको दोस्रो दिन आजबाट नेताहरुले बैठकका एजेण्डामा केन्द्रित रहेर धारणा राख्ने क्रम शुरु भएको छ । सरकार र पार्टी कामको समीक्षासहित अधिकांश एजेण्डा प्रधानमन्त्री ओलीसँग सम्बन्धित छन् । तर ओली भने सदस्यहरुका धारणा सुन्ने बैठकमा अनुपस्थित भएका हुन् ।

बैठकको पहिलो दिननै प्रधानमन्त्रीले आफ्ना धारणा राखेर सदस्यहरुलाई कार्यसूचीमा केन्द्रित भई कुरा राख्न भनिसकेको र उनीहरुले राखेका धारणा प्रधानमन्त्रीसम्म आइपुग्ने भएकाले अन्य काममा व्यस्त भएको ओली निकट स्रोतले जनाएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमै बसिरहेको छ ।

दुई अध्यक्षबीचको सल्लाह अनुसारनै बैठकको अध्यक्षता प्रचण्डले गर्ने र महासचिव पौडेलले बैठक सञ्चालन गर्ने तय भएको नेकपा स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली यसअघि पुसमा बसेको धुम्बाराहीको स्थायी कमिटी बैठकमा पनि अनुपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...