देउवाले भने निजी क्षेत्रलाई अख्तियार लाउन हुन्न



हाम्रो इकोनोमि

 

निजी क्षेत्रलाई तर्साउने गरी आएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तेस्रो संसोधन विधेयक, २०७६ अघि नबढाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सकारात्मक देखिएका छन् ।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघकको प्रतिनिधि मण्डलसँगको भेटघाटका क्रममा सभापति देउवाले निजी क्षेत्रलाई तर्साउने विधेयक अघि नबढाउन आफ्नो सहमति हुने बताएका हुन् ।

देउवालाई भेट्न बुधबार विहान महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, परिसंघका अध्यक्ष सतिशकुमार मोर, महासंघ उपाध्यक्ष किशोर प्रधान लगायतको टोलि उनको निवास पुगेको थियो ।

भेटमा उद्योगी-व्यवसायीहरुले अख्तियार विधेयक सोहि अवस्थामा पारित भए निजी क्षेत्रको मनोवल घट्ने र यसले अर्थतन्त्रमा नकरात्मक असर गर्ने धारणा राखेका थिए ।

निजी क्षेत्रलाई नियमन गर्नका लागि हरेक मन्त्रालयमा कुनै न कुनै निकाय भएको भन्दै अख्तियारले आफ्नो उद्देश्यमा केन्दि्रत भएर काम गर्नु पर्ने बताएका थिए । उद्योगी-व्यवसायीहरुको भनाई पछि सभापति देउवाले यसमा आफ्नो सकारात्मक भूमिका हुने बताएको सहभागी एक उद्योगीले बताए ।

‘सभापति ज्यू सकारात्मक हुनुहुन्छ, उहाँले विधेयक अघि नबढाउन आफ्नो भूमिका रहने बनाउनु भएको छ’ ती उद्योगीले भने ।

अख्तियारबाट हुने अनुसन्धानमा निजी क्षेत्रबाट संचालित उद्योग/प्रतिष्ठान/कम्पनी, बैंक, मेकिडल कलेज लगायतका निकायलाई समेत समेट्ने उद्देश्य विधेयकमा उल्लेख गरिएको छ ।

गत मंगलबार नै राष्ट्रियसभाबाट उक्त विधेयक पारित गर्न लागिएको भए पनि अन्तिम समयमा आएर कार्यसूचीबाट हटाइएको थियो । उता सत्तारुढ दल नेपाल कम्युनिट पार्टी (नेकपा) को स्थायी कमिटि बैठकले पनि उक्त विधेयक तत्काल अघि नबढाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...