गर्भमै तुहियो एमसीसी, अमेरिकासँग ६ महिना समय माग्ने तयारी



हाम्रो इकोनोमि

 

अमेरिकि परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को गर्भमै तुहिने भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एमसीसीका पक्षमा भएपनि पार्टीको ठुलो समुह विपक्षमा छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल हुबहु पास गर्न नहुँने पक्षमा उभिएका छन् ।

प्रधानमन्त्री ओली पार्टीबाट नभई संसदबाट एमसीसीको छिनोफानो गर्ने पक्षमा थिए । पार्टीमा छलफल र निर्णय विना नै संसदबाट छिनोफानो गर्दा नेकपा दुई कित्तामा उभिने निश्चित थियो । ‘यसले पार्टीलाई बास्तविक विभाजनको संघारमा पुरयाउथ्यो’ नेकपा स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले भने ‘पार्टी निर्णय नभएसम्म एमसीसी संसदमा अघि बढ्दैन ।’

नेकपाभित्र एमसीसीमा सहमति जुटाउन दुई अध्यक्ष ओली र प्रचण्डले दर्जनौ पटक बालुवाटारमा छलफल गरेका थिए । सहमति जुटन नसकेपछि दुई अध्यक्षबीच विवाद पनि भएको थियो । अध्यक्ष ओलीले कांग्रेसको साथ लिएर संसदबाट अनुमोदन गराउने धम्कि प्रचण्डलाई दिइसकेका थिए ।

पार्टीबाट छलफल नै नगराई संसदबाट अनुमोदन गराउन खोजे नेकपाभित्रै मुठभेड हुने निश्चित थियो । पार्टीलाई दुर्घटनाबाट जोगाउन फेरी महासचिव बिष्णु पौडेलले निर्णायक भूमिका खेलेका छन् । दुई अध्यक्षबीच बालुवाटारमा भनाभन भइरहेका बेला पौडेलले मध्यमार्गी वाटो सुझाए ।

‘एमसीसी अहिले नै पारित नगरौ, ६ महिनाका लागि अमेरिकासँग समय मागौ’ दुवै अध्यक्षलाई महासचिव पौडेलले भने ‘अमेरिकाले समय दियो भने हामीसँग छलफल गर्ने समय हुन्छ र निर्णयमा पुगौला । समय दिएन भने एमसीसी यहि तुहिन्छ ।’ महासचिव पौडेलको मध्यमार्गी सुझावमा नेकपाका दुवै अध्यक्ष सहमत भएका छन् । नेपाल सरकारले समय थपको माग गर्दै अमेरिकालाई पत्राचार गर्ने भएको छ ।

यही बिषयमा बुधवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकि विदेशमन्त्रीसँग टेलिफोन सम्वाद गरेका छन् । कोरोना कहरका बेला एमसीसी पारित गर्न असजिलो भएको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले समय थपको माग पनि गरेका छन् ।

एमसीसी नेपालको संसदबाट १६ असारभित्र पारित गरिसक्नुपर्ने छ । तर संसदको बैठक १७ असारमा डाकिएको छ । नेकपाभित्र सहमति जुट्न नसकेपछि सभामुखले बैठक १६ असारसम्म स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...