प्रचण्डले ओलीलाई भने सम्झौता पालना भएन, अब के गर्ने



हाम्रो इकोनोमि

 

नेकपा अध्यक्ष प्रचण्डले तत्कालीन माओवादी र एमालेवीच पार्टी एकता हुनुभन्दा अघिल्लो दिन २०७५ साल जेठ २ गतेको सम्झौता कार्यान्यवन नभएको गुनासो गरेका छन् ।

बुधबार दिउँसो बालुवाटारमा आयोजित नेकपा स्थायी कमिटीको बैठकको उदघाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सम्झौता कार्यान्वयन हुँदा दुवै अध्यक्षवीच आशंका बढ्ने गरेको टिप्पणी गरेका हुन् ।

तत्कालीन एमाले र माओवादीवीच ०७५ जेठ ३ गते औपचारिक रुपमा एकीकरण भएको थियो । त्यसको अघिल्लो दिन केपी ओली, प्रचण्ड, विष्णु पौडेल र जनार्दन शर्माले हस्ताक्षर गरेर पाँचबुँदे सहमति भएको थियो, जसमा ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने भनिएको थियो ।

बुधबारको बैठकमा प्रचण्डले आलोपालो प्रधानमन्त्री चलाउने कुरा शब्दमा उल्लेख नगरेता पनि जेठ २ को सम्झौता पालना नहुँदा पार्टीभित्र विश्वासको वातावरण कमजोर बनेको विश्लेषण सुनाए ।

‘यसले गर्दा प्रधानमन्त्रीज्यूलाई पनि पार्टीले सरकारलाई सहयोग नगरेजस्तो लाग्ने, मलाई पनि उहाँ आफ्नै किसिमले चलेजस्तो लाग्ने ।’ प्रचण्डले बैठकमा भने ।

कमजोरी भएका छन् भने स्वीकार्छु : ओली

बुधबार सुरु भएको नेकपा सचिवालय बैठकमा पहिलो वरीयताका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र दोस्रो अध्यक्ष प्रचण्डले सम्वोधन गरेका थिए । बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारबाट राम्रै कामहरु भइरहेको बताए । केही कमीकमजोरीहरु भएका भए त्यसलाई स्वीकार्ने प्रधानमन्त्रीले बताएको बैठकपछि एक नेताले जानकारी दिए ।

पार्टी र सरकारसामु चुनौतीहरु रहेको बताउँदै प्रधानमन्त्री ओलीले त्यसको समाना गर्न सबैले एकजुट हुनुपर्ने बताएका थिए ।

बुधबारबाट सुरु भएको नेकपा एथायी कमिटी बैठक दुई अध्यक्षको सम्वोधनपछि शुक्रबार पुनः बस्नेगरी टुंगिएको छ । बैठकमा एमसीसी लगायतका विषयमा छलफल हुने एजेण्डा तय गरिएका छन् ।

हेर्नुहोस् सम्झौता –

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...