कोरोनाको महामारीकै बेला राष्ट्रपतिको रात्रिभोज



हाम्रो इकोनोमि

 

 

राष्ट्रपति कार्यालयले आयोजना गरेको रात्रिभोजसहितको बैठकका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नेकपाका स्थायी कमिटीसम्मका केही नेतालाई बोलाइएको छ ।

कांग्रेससहितका अन्य केहि दलका नेतालाई पनि शीतलनिवास बोलाइएको छ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयबाट निम्ता आएपनि जानेनजाने बारे टुंगो नभएको बताए । उनले भोज आयोजना गरिएको भन्दै निमन्त्रणा गरिएको जानकारी दिँदै यस्तो अवस्थामा जाने वा नजाने भन्ने विषयमा सल्लाह गरिरहेको बताए ।

यसअघिको स्थायी कमिटी बैठकको समयमा पनि राष्ट्रपति भण्डारीले नेकपा नेताहरुलाई दिवा भोज दिएर पार्टीको वैचारिक तथा गुटगत व्यवहारमा परिवर्तन ल्याउने प्रयास गरेकी थिइन ।

केहीदिन अघि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै भेटेकी राष्ट्रपति भण्डारीले सचिवालयका अन्य नेताहरुसँग पनि निरन्तर छलफल गरिरहेकी छन् । उनको सक्रियतालाई नेकपाका नेताहरुले ओली पक्षलाई बलियो बनाउने रणनीतिमा लिने गरेका छन् ।

आजैदेखि सुरू हुने नेकपाको स्थायी कमिटी बैठककै बेला बोलाइएको रात्रिभोजसहितको भेटघाटलाई अर्थपूर्ण रुपमा लिनुपर्ने नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...