विवाह गर्ने बित्तिकै नागरिकता नदिए आन्दोलन गर्ने राजपाको चेतावनी



हाम्रो इकोनोमि

 

राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद महेन्द्र यादवले अगीकृत नागरिकता समस्याबारे सहमति खोज्न सरकारलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद यादवले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्ष नेपालमा स्थायी रुपमा बसोबास गरेपछि मात्र अंगीकृत नागरिकता दिने राज्य व्यवस्था समितिको सहमतिको विरोध गरे ।

यो मधेस आन्दोलनका क्रममा तत्कालीन मधेसी मोर्चासँग भएको सहमति विपरीत भएको उनले बताए ।

अहिले पनि सहमतिको लागि समय रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘होइन भने आन्दोलन गर्न जाउ भनेको हामीले बुझ्छौं ।’

त्यस्तो बेला द्वन्द्वको स्थिति सिर्जना हुने र त्यसको जिम्मा सरकारले लिनुपर्ने उनले बताए ।

समाजवादी पार्टीका सांसद प्रदीप यादवले पनि राज्य व्यवस्था समितिको निर्णयको विरोध गरे । यो निर्णय नसच्याए आन्दोलनको विकल्प नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...