अखण्डले बाजी मारे, पत्रकारको कन्तबिजोग



हाम्रो इकोनोमि

 

प्रभावशाली सञ्चार माध्यम अन्नपूर्ण दैनिकमा सम्पादक को हुने भन्नेबारे केही दिन नेपाली पत्रकारिता बजारमा विभिन्न अनुमान चले । प्रधान सम्पादक हरिबहादुर थापाले पत्रकारको सुविधाको विषयमा विवाद भई राजिनामा दिएपछि अन्नपूर्णका मालिक रामेश्वर थापालाई तत्काल नयाँ सम्पादक छान्न मुश्किल परेको थियो । प्रकाशन गृहभित्र करिब आधा दर्जन सम्पादक भएपनि उनी कसलाई अघि बढाउने भन्नेमा हुन यकिन थिएनन् ।

भित्रबाट रेसमा सम्पादक अखण्ड भण्डारी र विकाश थापा थिए । २०७७ जेठ ३० गते शुक्रबारदेखि जेठ ३२ गते आइतवारसम्म यी दुई जनाको पक्षमा विभिन्न तहबाट लविंग जारी नै भयो । अन्नपूर्ण अनलाइनका सम्पादक विष्णु सुवेदी समेत यो खेलमा लागेका थिए । सुवेदीले बुटवलका सबै खाले नेताहरूलाई फोन गर्न लगाएकोले क्याप्टेन थापा थप तनावमा परेको एक पत्रकार बताउँछन् ।

बाहिरबाट कोही ल्याएर संस्था चलाउने सुरुमा योजना बनाएपनि प्रकाशक थापाको योजना विभिन्न कारणले पूरा भएन । भण्डारीलाई प्रकाशनकै सिइओ मानस घिमिरेले दह्रैसँग च्यापेका थिए । अख्तियारका प्रमुख नवीन घिमिरेका छोरा मानस केही वर्षदेखि उक्त प्रकाशन हाउसमा शक्तिशाली भूमिकैमा रहेका छन् । ती पत्रकारका अनुसार, मानसले भण्डारीको नियुक्तिपछि आफू सफल भएको सुनाइसकेका छन् । रेसमा रहेका अर्का पत्रकार विकाश थापालाई बोलाएर तपाइहरूले मलाई सपोर्ट गर्नुभएन, मैले अखण्डजीलाई बनाइ छाडें भनेर सुनाएका थिए । पछिल्लो लविंगमा विकाश हरिबहादुर पक्ष र अखण्ड मानसको पक्षमा सक्रिय थिए ।

अखण्डको नियुक्तिपछि विकाश थापा, चन्द्रशेखर अधिकारी, अर्थ ब्यूरो प्रमुख पुष्पराज आचार्यले राजिनामा दिइसकेका छन् । राजिनामा दिएर बसेका विकाशलाई मानसले अफिस बोलाएर आफूविरुद्ध लागेकोले सहयोग गर्न नसकेको सुनाएका थिए ।

त्यसो त, प्रकाशक थापाले संस्थाबाहिरबाट नयाँ अनुहार पनि खोजेका थिए । पछिल्लो समयमा पत्रकार जिवेन्द्र सिम्खडासँग एउटा च्यानलले कुरा राखेको उनी निकट स्रोतले जानकारी दियो । पत्रकार बालकृष्ण बस्नेतलाई पनि थापाले प्रस्ताव राखेको स्रोत बताउछ । नयाँ अनलाइनमा भर्खरै मुख्य भूमिकामा रहेकाले बस्नेतले सम्पादक बन्न अस्वीकार गरेको चर्चा छ ।
यहीबीचमा भण्डारीले अन्नपूर्ण भित्र र बाहिरी माहोल मिलाइसकेका थिए । क्याप्टेन थापाले थप खोजी नगरी उनैलाई सम्पादकीय नेतृत्व दिएका हुन् ।

कान्तिपुरबाट हाम्फालेर नयाँ पत्रिकाको व्यवस्थापन सम्हाल्न पुगेका सुनिल वशिष्ट त्यहाँबाट हिंडे । फनबाट नयाँ प्रकाशनमा चारजनाको टिम कान्तिपुरकै गौरी दाहाल, पुराना कर्मचारी कपिल भण्डारी गोविन्द ढकाल र विदुर अर्यालसहित विजनेस डाइरेक्टरको भूमिकामा प्रवेश गरेका थिए ।  तर सरुवातकै दिनबाट (कान्तिपुर, अन्नपूर्ण पोस्ट हँुदै  वरिष्ठ पत्रकार युवराज घिमिरेसंगै २०७६ मङ्सिर सरुवातदेखि देश सञ्चारमा ब्यवस्थापनको जिम्मेवारीमा  आफूले पाएको बिश्वास, जिम्मेवारी र सम्पादक घिमिरेलाई धोका दिन नसक्ने भन्दै) भण्डारी चाहिं नयाँमा सामेल नभएको बताइन्छ ।

नयाँ पत्रिकाबाट ६ महिनापछि मार्केटि¨ हेड गोविन्द अलगिए, ९ महिनापछि दाहाल कन्तिपुर टि भि को मार्केटि¨ हेडको भूमिकामा पुन कन्तिपुर ग्रुपमै प्रवेश गरेका थिए । एक बर्ष पुग्दा नपुग्दै वशिष्ट आफै  एपी–१ मा विजनेस डाइरेक्टरका रूपमा  भित्रिएका छन् । अहिले बजारमा मन्दी छाएपछि वशिष्टले अब फेरि कता हामफाल्ने हुन भन्ने चर्चा सुरु भएको छ ।

पत्रकारको कन्तविजोग
गैरव्यवसायिक मालिकहरूले संचालन गरेका ठूला मिडिया हाउसहरू अहिले रगत पसिना सिंचेका पत्रकारहरू कोरोनालाई बहाना बनाउँदै निष्काशन गर्न थालेका छन् । पत्रकारकै मिहिनेतले अढाई दशकमै अर्बपति बन्न सफल ब्रोडसिट दैनिकहरू प्राय सबैमा पत्रकार, कर्मचारीको तलब समस्या देखिएको छ । छोटो समयमा अर्बपति बन्न मिडिया मालिक बन्न सफल केएमजी (कान्तिपुर दैनिक), नागरिक, अन्नपूर्ण, नयाँ पत्रिका, राजधानी दैनिकलगायत प्राय सबै टेलिभिजनमा तलबको समस्या उस्तै रहेको उजुरीका चा¨ नेपाल पत्रकार महासंघमा  थुप्रिएपछि महासंघ श्रमजीवी पत्रकारको हितमा मैदानमा उत्रिने भएको छ ।

रातोपाटी, नेपालखबर, नेपाललाइभ, उज्यालो जस्ता अनलाइनले पनि पत्रकार कटौती, सुविधा कटौती गर्न थालेकाले पत्रकारको कन्तविजोग हुन थालेको गुनासो रहेको छ ।
कान्तिपुर, नागरिक, नयाँ पत्रिकासहित दैनिक पत्रिका, न्यूज २४ टिभीसहितका पत्रकारहरू न्यूनतम पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासंघमा २०७६ फागुनदेखि तलब नपाएको लिखित उजुरी परेको बताइन्छ । ती दुवै निकायले ७ दिनभित्र पत्रकारले पाएको सुविधाको अवस्थाको विस्तृत विवरण मागेका छन् । ७ दिनभित्र मिडिया व्यवस्थापकले समाधान नखोजे मिलेर आन्दोलनमा जाने तयारीमा ती संस्था रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...