विदेशी महिलालाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने कुरा ठिक हो : चित्रबहादुर केसी



हाम्रो इकोनोमि

 

राष्ट्रिय जनमोर्चाले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने राज्य व्यवस्था समितिको निर्णयको स्वागत गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै राजमोले यो प्रस्ताव अब संसदबाट पनि पारित हुनुपर्ने बताएको छ ।

आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नागरिकतासम्बन्धी विधेयकमा नेपाली नागरिक पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने व्यवस्थामा बहुमतबाट सहमति जुटाएको छ ।

उक्त विषयमा नेपाली कांग्रेस, मधेस केन्द्रित जनता समाजवादी पार्टी (समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी), नेपाल मजदुर किसान पार्टी र नेकपाकै मधेसबाट प्रतिनिधित्व गर्ने केही सांसदले विरोध जनाइरहेका बेला राष्ट्रिय जनमोर्चाले भने स्वागत गरेको हो ।

७ वर्षपछि पनि विदेशी महिलाले आफ्नो पहिलेको देशको नागरिकता हटाउन प्रक्रिया सुरु गर्नेवित्तिकै नागरिकता दिन नहुने भन्दै त्यागिसकेपछि मात्र दिनुपर्ने राष्ट्रिय जनमोर्चाले बताएको छ ।

अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई भने नागरिकता दिन नहुने बताएका छन् ।

‘हाम्रो जोड यो कुरामा छ कि नेपालजस्तो तीनतिर खुला सीमा भएको भू–परिवेष्ठित देशले नागरिकतासम्बन्धी नीतिलाई एकदम कडा गराउनुपर्ने आवश्यकता छ’ विज्ञप्तिमा भनिएको छ ।

नागरिकता नीति खुकुलो पार्नु भनेको देशको राष्ट्रियता र सार्वभौमिकताविरुद्ध हुने पनि राष्ट्रिय जनमोर्चाले बताएको छ ।

राजमोले अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा असार ९ गते विभिन्न ११ दलको तर्फबाट सडक प्रदर्शन गर्ने पनि बताएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...