अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण



हाम्रो इकोनोमि

 

सुर्खेतस्थित् कर्णाली प्रदेश अस्पतालका ५ जना स्वास्थ्यकर्मीहरुमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा. केएन पौडेलकाअनुसार प्रदेश अस्पतालको ल्यावमा कार्यरत ल्याव असिष्टेन्टसहित चार जना र एकजना एक्सरेमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएको हो ।

प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको थियो। पिसीआर परीक्षणका क्रममा तीमध्ये पाँच जनामा कोरोना पुष्टि भएको डाक्टर पौडेलले जानकारी दिए। कोरोना पोजेटिभ भएका स्वास्थ्यकर्मीलाई प्रदेश अस्पतालकै आईसोलेशन वार्डमा राखिएको उनले जानकारी दिए।

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि केही घन्टा सिल गरिएको अस्पतालको सेवा अहिले भने नियमित रूपमा जारी रहेको प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले बताए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...