गुटका आधारमा बहस नगरौं एमसीसी फेल हुन्छ : अष्टलक्ष्मी शाक्य



हाम्रो इकोनोमि

 

एमीसीको सवालमा स्थायी कमिटी बैठकले पहिले नै अलि–अलि छलफल भएको थियो । त्यसबेला पनि दुई ढंगले बिचारहरु प्रस्तुत भए । एकथरीले पास गर्नुपर्छ भन्नुभयो र अर्कोले हुँदैन भन्ने ढंगले छलफल भएपछि यसलाई केन्द्रीय कमिटीमा लैजानुपर्छ भनियो ।

 

केन्द्रीय कमिटीले कार्यदल बनायो र त्यसले अध्ययन गरेर प्रतिवेदन पनि पेश भइसकेको छ ।  प्रतिवेदन के कसरी आयो सबै थाहा छैन । प्रतिवेदनमा फरक मत पनि छ भन्ने सुनिएको छ । यो स्थायी कमिटी बैठकमा दुवै प्रतिवेदन ल्याउनुपर्छ । मिल्छ भने केन्द्रीय कमिटी बैठक नै बस्नु पर्ने हो । तर, कोरोनाका बेला त्यो कति सम्भव छ ।

एमसीसीका बारेमा आ–आफ्नो अनुकुल हिसाबले मात्र ब्याख्या गर्नुभन्दा पनि राष्ट्रलाई शीरमा राखेर यसमा निर्णय हुनुपर्छ । अहिले चाहिँ हाम्रो पार्टीमा पनि आ आफ्नो अनुकुल ब्याख्या भइरहेको छ ।  हामीले अमेरिकाको सहयोग नलिने होइन लिएको छ र लिनुपर्छ ।

कुनै पनि देशसँग एक अर्कामा सम्बन्ध हुन्छ । तर एमसीसीको कुरा गर्दा सुरक्षासँग गाँसिएको कुरा छ । पैसासँग मात्र नजोडिएर सुरक्षासँग पनि जोडिएको हुनाले आफ्नो देशको सुरक्षालाई बन्धक राखेर सहयोग लिनु हुँदैन । तर यसलाई पुर्वाग्रही ढंगले हेर्नुपर्ने जरुरी पनि छैन ।

आ–आफ्नो इस्यु बनाएर निर्णय गर्नु जरुरी छैन । पक्ष विपक्ष नभई, राष्टिय हितलाई सर्वोपरी ठानेर निर्णय गरौं । अब बैठकमा प्रतिवेदनमै छलफल गर्नुपर्छ, सच्याएर मात्र अघि बढ्नुपर्छ । हामी भोलि अप्ठेरोमा पर्ने गरी यो अनुमोदन गर्न हुँदैन ।

तर, एमसीसीलाई गुटको हिसाबले हेर्न थालियो भने हामी आफैं फस्छौं, एउटालाई एमसीसी चाहिने, अर्कोलाई नचाहिने भन्ने हुँदैन । गुटको होइन, नेकपाको विचारका आधारमा हुनुपर्छ । यही तर्कका आधारमा, अहिलेको अवस्थामा एमसीसी सहजै पास हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...