सांसद पाण्डेले स्वास्थ्य सामग्री वितरण गरे



हाम्रो इकोनोमि

 

पूर्व अर्थमन्त्री तथा चितवनको निर्वाचन क्षेत्र नं. १ का सांसद सुरेन्द्र पाण्डेले पूर्वी चितवनका तीन वटा नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ ।

कोरोना रोगको संक्रमणबाट बच्नको लागि आवश्यक स्वास्थ्य सामग्री सांसद पाण्डेले राप्ती नगरपालिका, खैरहनी नगरपालिका र वकुल्लहर रत्ननगर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गर्नु भएको हो । सांसद पाण्डेले आइतबार राप्ती नगरपालिकाका प्रमुख प्रभा वराल, उपप्रमुख इमानसिंह लामा, खैरहनी नगरपालिकाका प्रमुख ललमणि चौधरी, उपप्रमुख सुनिता थपलियालाई सामग्री हस्तान्तरण गर्नु भएको थियो ।

त्यस्तै गरी रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, उपप्रमुख विमला दवाडी मार्फत बकुल्लहर रत्ननगर अस्पताललाई सामग्री सहयोग गर्नु भएको हो । स्वास्थ्य सामग्रीमा पीपीइ, एननाइन्टी माक्स, फेससील, हेलमेट, पन्जालगायतको सामग्री वितरण गरेको नेकपा जिल्ला सदस्य केशव कडेलले जानकारी दिनु भयो ।
कोरोना भाइरसबाट बच्नको लागि घर बाहिर ननिस्कने, निस्कनु परेमा स्वास्थ्य सामग्री प्रयोग गरेर काममा जान नेता पाण्डेले अनुरोध गर्नु भयो । त्यस्तै गरी नेता पाण्डेले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा अवलोकन गर्नु भएको थियो । कार्यक्रममा नेकपा नेता काशीनाथ अधिकारी, कृष्ण खनाल, धर्म कार्कीलगायतले उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...