आज थप ३३१ जनामा कोरोना, संक्रमितको संख्या ८६०५ पुग्यो



हाम्रो इकोनोमि

 

पछिल्लो २४ घण्टामा थप ३३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको ८६०५ संख्या पुगेको छ ।

ललितपुर लगनखेलमा रहेको पाटन अस्पतालको आइसोलेसनमा १८ महिला र सात पुरुष गरेर २५ जनाको उपचार  भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

शिक्षण अस्पताल महाराजगन्जमा तीन पुरुष र सशस्त्र प्रहरीको अस्पतलामा दुई पुरुषको उपचार भइरहेको मन्त्रालयका सहप्रवक्ता अधिकारीको भनाइ छ। जेठ १२ गतेदेखि असार ५ गतेसम्म कोरोना संक्रमण पुष्टि भएकाको पाटन, शिक्षण र प्रहरी अस्पतालमा उपचार भइरहेको छ।

उनीहरु धेरैको स्थायी ठेगाना उपत्यका बाहिर भएपनि केही काठमाडौंमा बस्दै आएका, केही उपचारको लागि काठमाडौं आएका र केही विदेशबाट फर्किएका छन्।

पाटन अस्पतालमा २५ 
पाटन अस्पतालमा भक्तपुर चाँगुनारायणमा बस्दै आएका ३२ र भक्तपुरकै भोलाछेंनमा बस्ने २२ वर्षीय पुरुष, काठमाडौंकी एक २४ वर्षीया महिला । काठमाडौंकै कोटेश्वर बस्ने ३४, गौशालामा बस्दै आएकी २७, कोलोपुल बस्ने ४८ वर्षीया महिलाको उपचार भइराखेको छ।
त्यसैगरी नयाँ बानेश्वरका ५२ वर्षीय पुरुष, काठमाडौं मुलपानीकी ३६, काठमाडौं खुसीबुमा बस्दै आएकी ६४ र ललितपुर हरिसिद्धिकी ४० वर्षकी महिला उपचारत छन्।

यस्तै सर्लाही घर भई काठमाडौं बस्दै आएकी ३१ वर्षीया महिला, सर्लाहीका ५७ वर्षीय पुरुष, रामेछाप लिखु तामाकोशीका २६ वर्षीय पुरुष, धादिङ निलकण्ठका ३२ वर्षीय पुरुष, धादिङकै ३५ वर्षीया महिला, चितवन रत्ननगरका ४९ वर्षीय पुरुष, चितवनकै २७ वर्षकी महिला, सिन्धुलीकी २३ वर्षकी महिला, मकवानपुरका ३७ र ३८ वर्षीया महिला, सिन्धुपाल्चोककी २२, २४ र ३२ वर्षीया महिला, मोरङकी र उदयपुरकी ३२ वर्षीया दुई महिलाको उपचार भइरहेको छ।

शिक्षण अस्पतालमा तीनजना  
शिक्षण अस्पताल महाराजगन्जमा भारत बस्दै आएका कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ५१ वर्षीय पुरुष र अर्घाखाँचीको सितगंगा वडा नम्बर ३ का २८ वर्षीय पुरुष र धनगढीका ४४ वर्षीय पुरुषको उपचार भइरहेको छ।

सशस्त्र प्रहरीको अस्पतालमा दुई बिरामी 
काठमाडौं बूढानीलकण्ठका ४५ वर्षीय पुरुष र सोलुखुम्बु घर भई काठमाडौं गोठाटार बस्दै आएका ३० वर्षीय पुरुषको सशस्त्र प्रहरीको अस्पतालमा उपचार भइरहेको छ।

उनीहरु सबैजना जेठ १२ देखि शुक्रबार (असार ५ गते) सम्म अस्पताल भर्ना भएका हुन्।  नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ भने आइसोलेसनमा ६ हजार आठ सय ५० जनाको आइसोलेसनमा उपचार भइराखेको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...