दुई बर्ष पुगेका मन्त्री फिर्ता बोलाउने नेकपाको तयारी, को को छन रेड जोनमा



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बर्षभन्दा बढी बहाल मन्त्रीहरुलाई विदा दिनेगरी नेकपाभित्र छलफल चलाएका छन् । सत्तारुढ दल नेकपामा आन्तरिक विवाद चुलिनसाथ मन्त्री हेरफेरको प्रसंग चल्ने गरेको छ । अमेरिकन परियोजना मिलिनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) को विवाद उत्कर्षमा पुग्न लागेका बेला ओलीले फेरी मन्त्री हेरफेरको प्रस्ताव गरेका छन् ।

पार्टीको सचिवालय र स्थायी कमिटीमा बहुमत पुरयाउन ओलीले मन्त्री हेरफेरको प्रस्ताव गरेका हुन् । अर्का अध्यक्ष दाहालसँग दुई बर्ष पुगेका मन्त्रीहरुलाई एकै पटक विदा दिने प्रस्ताव गरेका थिए । ओलीको प्रस्तावमा अर्का अध्यक्ष दाहाल सकारात्मक भएको स्रोतले बताएको छ ।

दाहाल आफुलाई पटक पटक धोका दिने केही मन्त्रीहरु फेर्ने पक्षमा छन् । गृहमन्त्री रामबहादुर थापा वादललाई फेर्ने पक्षमा छन् भने उद्योगमन्त्री लेखराज भट्ट पनि पछिल्लो समय उनको नजरमा परेका छन् । तर भट्टको मन्त्री कार्यकाल दुई बर्ष पुगेको छैन ।

पूर्वमाओवादी खेमाको प्रतिनिधित्व गर्दै गृहमन्त्री बनेका बादल पछिल्लो समय प्रधानमन्त्री ओलीमा बिलय जस्तै छन् । उनलाई मन्त्रीबाट फिर्ता बोलाउन प्रचण्डले बारम्वार प्रयास गरेका थिए । तर ओलीको जोडबलमा उनी गृहमन्त्रीमा बहाल रहेका छन् । बादललाई मात्र फिर्ता गर्दा समुहभित्र समस्या पैदा हुने भएपछि पुराना सवैमन्त्रीलाई फिर्ता गर्ने ओलीको प्रस्तावमा उनी सकारात्मक देखिएका हुन् ।

मन्त्री फेर्ने प्रस्ताव स्वीकार गरेपनि दुई अध्यक्षबीचको सम्बन्ध भने राम्रोसँग चल्न सकेको छैन । बालुवाटारको छलफल लगतै मंगलबार दुई अध्यक्ष राष्टपति कार्यालय शीतल निवास पुगेका थिए । राष्टपति विद्यादेवी भण्डारीकै अगाडी दुई अध्यक्षबीच चर्काचर्की समेत परेको थियो । ओलीले पार्टी र सरकार बद्नाम हुनेगरी चलाएको आरोप दाहालले लगाएका थिए भने ओलीले त्यसको प्रतिरक्षा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...