रुसमा कोरोना संक्रमणबाट ४८९ चिकित्सकको मृत्यु



हाम्रो इकोनोमि

 

रुसमा कोरोना भाइरस संक्रमणबाट ४ सय ८९ जना चिकित्सकको मृत्यु भएको छ । रुसको स्वास्थ्य क्षेत्रलाई निगरानी गर्ने सरकारी संस्था रोजद्रावनादजोरले यो जानकारी दिएको हो ।

एक महिना अगाडिसम्म १ सय १ जना चिकित्सकको मृत्यु भएको थियो । यो संख्या ४८९ पुगेपछि चिकित्सकको मृत्यु दर तीव्र बढेको देखिन्छ ।

रोजद्रावनादजोरका प्रमुख अला सामोइलोवाले सुरक्षा सामग्रीको वितरणमा समस्या हुनु नै यसको मुख्य कारण भएको बताएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार रुसमा हाल ५ लाख ६० हजार बढी कोरोना संक्रमित छन् । संक्रमितको संख्याको आधारमा रुस विश्वका देशहरुको सूचीमा तेस्रो स्थानमा छ । रुसमा हालसम्म ७ हजार ६ सय ५० जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...