राजतन्‍त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो : प्रचण्ड



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको नेपाली भूमी गणतन्त्रले फिर्ता ल्याएको बताएका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै प्रचण्डले यस्तो बताएका हुन् ।

नयाँ नक्सासहितको संविधान संशोधन विधेयकमाथि भएको छलफलमा बोल्दै प्रचण्डले भने, ‘गणतन्त्रमा हामी राजतन्त्रले गुमाएको भूमि फिर्ता लिने अवस्थामा आइपुग्यौैँ ।’ प्रचण्डले यो ऐतिहासिक जित भएको उल्लेख गरे । उनले नेपाल गणतन्त्र र लोकतन्त्रसँगै संघीयता र समावेशीताको नयाँ युगमा प्रवेश गरेको प्रष्ट पारे ।

उनले राष्ट्रिय एकताको पक्षमा यो अभूतपूर्व सहकार्य भएको भन्दै प्रचण्डले यसमा साथ दिने राजनीतिक दल र सबैलाई धन्यवाद दिए । उनले यो सबैको सामुहिक विवेकको प्रतिफल भएको प्रष्ट पारे । उनले यो व्यक्ति विशेषले गरेर मात्र नहुने विषय भएकाले यो सामूहिक सफलता भएको प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...