३१ जना कोरोना संक्रमित डिस्चार्ज हुँदै



हाम्रो इकोनोमि

 

कर्णाली प्रदेश अस्पतालबाट थप ३१ जना कोरोना संक्रमित बिहीबार डिस्चार्ज हुने भएका छन् ।कर्णाली प्रदेश अस्पतालको, कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका ३१ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरू डिस्चार्ज हुन लागेका हुन् ।

कर्णाली प्रदेश अस्पतालको, कोभिड-१९ विशेष अस्पतालका इञ्चार्ज डा. नवराज केसीका अनुसार ११ महिला र २० पुरुष रहेका छन ।

डिस्चार्ज हुनेहरुमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १४ जना, चौकुने गाउँपलिकाका ४ जना, बराहाताल गाउँपालिकाका ४ जना, गुर्भाकोट नगरपालिकाका एकजना, सिम्ता गाउँपालिकाका दुईजना र स्थानीय तहको नाम नखुलेका दुईजना रहेका छन् ।

यस्तै, दैलेखका एकजना, सल्यानका दुईजना र बझाङका एकजना रहेका छन । प्रदेश अस्पतालबाट यसअघि सातजना संक्रमित निको भएर डिस्चार्ज भैसकेका छन् ।रिपोर्ट नेगेटिभ आएकाहरुलाई अस्पतालले बिहीबार साँझ घर पठाउने तयारी गरेको डा. केसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...